नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट म्याग्दीका कलाकार राजेन्द्र सापकोटा र रवि कार्की केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौँमा सम्पन्न अधिवेशनबाट जिल्लाका दुई लोकप्रीय गायकहरु केन्द्रिय सदस्यमा चयन हुनुभएको हो । सापकोटा नेपाल कम्युनिष्ट पार्टी बाट एमाले र माओबादी एक्लाएक्लै भएपछिको अवस्थामा राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको थियो ।

त्यसपछि केन्द्रले तत्कालिन प्रदेश इन्चार्ज मन कुमार श्रेष्ठ मार्फत सापकोटालाई म्याग्दी र बाग्लुङ दुई जिल्लाको ईन्चार्ज तोकेको थियो । ईन्चार्जको जिम्मेवारी पाएसंगै सापकोटाले दुबै जिल्लाको अधिवेशन समयमै सम्पन्न बनाउनुभएको थियो । त्यस्तै कार्की यसअघि महासंघको म्याग्दी जिल्ला अध्यक्ष भईसक्नुभएको छ । महासंघकै घटक जननाट्य मञ्चको केन्द्रिय सदस्य भईसक्नुभएका कार्कीलाई पनि सापकोटा संगै १ बर्षअगाडि केन्द्रिय सदस्यमा मनोनित गरिएको थियो ।

आठौँ केन्द्रिय अधिवेशनबाट दुबैजना सर्वसम्मत रुपमा सदस्यमा निर्वाचित हुनुभएको हो । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजा स्थायी घर भएका सापकोटा र बेनी नगरपालिका ९ नेप्टेचौर निवासी कार्की राष्ट्रिय स्तरमानै परिचित लोक दोहोरी गायक हुनुहुन्छ । सापकोटा हाल पोखरा र कार्की बेनीमा बस्दै आउनुभएको छ ।केन्द्रिय सदस्यमा निर्वाचित भएपछि सापकोटा र कार्कीले संगीतको माध्यमबाट समाज परिवर्तनका निम्ती भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँहरुले अवको गीत सङ्गीतले समाजमा कुनै न कुनै रुपमा सकरात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।

Leave a Reply