एउटा भनाई छ“सादा जिवन, उच्च विचार”, विचारले नै कुनै व्यक्तिको कुनै विषय प्रति उसको धारण कस्तो छ भनेर थाहा पाउन सकिन्छ । विचार अमुर्त भएर पनि कुनै कुरा मुर्त बनाउन शक्तिशाली भुमिका निर्वाह गर्दछ ।
हाम्रो प्रदेशको परिचय :
नेपालको संविधान २०७२ लागू भएपछि विं.सं २०७२ असोज ३ गते राज्य पून संरचना गरी बनेको ७ प्रदेश मध्ये एक प्रदेश गण्डकी प्रदेश पनि हो ।संवैधानिक व्यवस्था वमोजिम यो प्रदेश नेपालको मध्य भागमा बुढीगण्डकी र कालीगण्डकीको बीचमा तथा उत्तर चीन र दक्षिणमा भारत सम्म फैलिएको छ । कुल ११ जिल्ला रहेको यस प्रदेशको राजधानी सुन्दरताले भरिपूर्ण पोखरा हो ।
यस प्रदेशमा द्यौलागिरि अन्चलका ४ जिल्ला(मुस्ताङ्ग, म्याग्दी, बाग्लुङ्ग, पर्वत), गण्डकी अन्चलका ६ जिल्ला(कास्की, मनाङ्ग, लमजुङ्ग, स्याङजा,तनहु,गोरखा) लुम्बिनी अन्चलको नवलपुरको भुभाग गरी हिमाल, पहाड, र तराई गरी तिनै धरातलीय स्वरुप समेटिएको छ ।
यस प्रदेशमा सबै प्रकारका हावापानि पाईन्छ । नेपालको कुल भुभागको १४.६६∞ अर्थात २१,७३३ वर्ग कि.मी क्षेत्रफल ओगटेको छ।यहाँ १ महानगरपालिका २६ नगरपालिका ५८गाउँपालिका रहेको छ ।
२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,६४,९४,५०५मध्ये यस प्रदेशको जनसंख्या २४,०३,०१६ रहेको छ जसमध्ये ९,४८,०२९ पुरुष र ११,४४,१२४ महिलाको रहेको छ । राष्ट्रिय तथ्याङ्क अनुसार यहाँको जनसंख्याको बार्षिक बृद्धिदर १.३५ प्रतिशत रहेको छ । यस प्रदेशको कुल जनसंख्याको ५०.१ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय रहेको छ भने आधा जनसंख्या आश्रित रुपमा रहेको छ ।
यस प्रदेशमा ब्राह्मण ,मगर क्षेत्री , गुरुङ , कामी , नेवार, सार्की,दमाई ,तामाङ, थारू तथा अन्य जातीहरुको बसोबास रहेको छ । नेपाली भाषा, मगर भाषा, थारू भाषा, गुरुङ भाषा, कुमाल भाषा, धले भाषा ,थकाली भाषा,नेबारी नै प्रदेशमा बोलिने मुख्य भाषाहरु हुन् तर यो प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा नेपाली भाषा हो।
युवाको देश र प्रदेशमा अवस्था
देशको अमुल्य सम्पत्तिहरु मध्ये युवा जनशक्ति पनि एक हो । युवा देशको संवाहक पनि हुन। युवाहरु परिर्वतन, रुपान्तरण र राष्ट्र निर्माणका प्रमुख मानविय स्रोत हुन। युवाहरुको संख्यात्मक र गुणात्मक सहभागिता तथा परिचालनले देशको समृद्धिको बाटो तर्फ लैजाने गर्दछ।
राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षसम्मका नागरिकलाई युवा भनेर परिभाषित गरेको छ भने युवा उमेर समुहको जनसंख्याको कुल जनसंख्याको ४०.३५∞ रहेको छ ।युवाहरुले चाहेमा देशको मुहार फर्ने धेरै समय लगाउदैन्न। यस प्रदेशको सक्रिय जनशक्ति मध्ये एक युवा पनि हुन।यस प्रदेशको समृद्धिको लागि युवा जनशक्ति नै महत्वपूर्ण परिचालक हुन ।
नेपाल दक्षिण एसियालि मुलुकसँग तुलना गर्दा पनि नेपालको युवा सूचकाङ्क सबैभन्दा कमजोर रहेको छ। सरकारी तथ्याङ्कका अनुसार नेपालमा पूर्ण बेरोजगार युवाकोदर २.३ प्रतिशत , अर्ध बेरोजगारी ३६ प्रतिशत तथा (ILO 2014) को अनुसार पूर्ण बेरोजगारी युवाको दर १९.२ प्रतिशत र अर्ध बेरोजगारी २८.८ प्रतिशत रहेको छ। सीमान्तकृत, अल्पसंख्यक, आदिबासी, अपाङ्गता भएका युवामा बेरोजगारी दर उच्च रहेको छ । यो राष्ट्रिय तथ्याङ्कबाट हाम्रो प्रदेश पनि कहाँ अछुतो रहेको छ ?
श्रम शक्ति सर्वेक्षण २०७४ अनुसार नेपालमा प्रत्येक वर्ष करिब ५ लाख जनशक्ति श्रम बजारमा थपिए पनि आन्तरिक रोजगारीको प्रशासन क्षमता न्यून हुँदा तथा देशभित्र रोजगारीको अवसर सिमित हुदाँ अतिरिक्त युवा श्रम शक्तिको रोजाई वैदेशिक रोजगार हुन पुगेको छ भने दैनिक करिब १ हजार जना युवा विदेशिने गरेका छन्। १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगार दर २१.४ र २५ देखि ३९ वर्ष उमेर समूहको बेरोजगार दर ११.६ प्रतिशत रहेको अवस्था छ।
नेपालमा उदार श्रम नीति, सीपमूलक श्रम शक्तिको अपर्याप्तता, कमजोर श्रम निरीक्षण तथा नियमनका कारण विदेशी श्रम निर्यात बढ्दै गएको र स्वदेशी श्रम शक्ति विस्थापित हुँदै गएको छ। देशमा भएका श्रम शक्तिको ३६.५ प्रतिशत औपचारिक क्षेत्रमा संलग्न रहेको, कूल बेरोजगारी दर ११.५ प्रतिशत रहेको, श्रम शक्ति सहभागिता दर ३८.५ रहेको, बाध्यकारी श्रम सहभागिता दर १.२ प्रति हजारको अवस्था रहेको छ।
अझ हाम्रो प्रदेश रेमिट्यान्सको हिसावले हेर्ने हो भने बढि रेमिट्यान्स भित्राउने प्रदेश पर्छ। प्रदेशले अर्थतन्त्रको ठुलो अंश (कुल ग्रार्हस्थ उत्पादनको एक तिहाई बराबर) विप्रेषणबाट प्राप्त गर्दछ । प्रदेशले आर्थिक बर्ष २०७६÷२०७७ मा १ खर्ब ३७ अर्ब विप्रेषण प्राप्त गरेको अनुमान छ । यसरी हाम्रा देश र प्रदेशको श्रमशक्ति विदेश निर्यात भई त्यहाँको भुमि सिन्चेका छन् भने हाम्रो देश र प्रदेशमा युवाको खडेरी लागेको छ ।
यसरी कसरी हाम्रो प्रदेश समृद्ध हुन सक्छ? भएन भनेर अहिल्य विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ को प्रभावले व्यावसाय गर्ने युवाहरुलाई पनि बेरोजगार बनाएको छ । कोभिड–१९ को कारण युवाहरूले रोजगारी गुमाउँदा आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षाजस्ता मानव विकासका पक्षहरूमा प्रतिकूल प्रत्यक्ष असर गरेको छ।
कोभिड–१९ महामारी नियन्त्रण गर्न नेपाल लगायत विश्वले नै बन्दाबन्दी गर्ने विधि अवलम्बन गरेकोले बेरोजगारी दर बढ्ने, आन्तरिक र वैदेशिक रोजगारी खुम्चिने, आर्थिक वृद्धि दर नकारात्मक हुन गई गरिबी दर बढ्ने प्रवृत्तिका नकारात्मक सूचकहरूले युवाहरूको चौतर्फी विकासमा अवरोध खडा गर्ने देखिँदै छ। हरेक अप्ठायारा परिस्तिथिले नयाँ कुरा सिकाएर जान्छ भने झै यो महामारीले पनि हामीलाई स्वरोजगार हुनुपर्दछ भने सिको दिएको छ । त्यसैले हाम्रो देश र प्रदेशले युवा स्वरोजगार र उद्यमलाई टेवा पुग्ने बाताबरण सिर्जना गरिदिनु पर्दछ ।
हाम्रा युवाहरु किन स्वरोजगार हुने ?
स्वरोजगार भनेको आफनो लागि आफै रोजगार र्सिजना गर्नु र स्वतन्त्र रुपमा आफनो पेशा सन्चालन गर्नु हो । हालको महामारीको अवस्थामा हामीले हाम्रो रोजगारी आफै र्सिजना गर्नुपर्दछ। स्वरोजगारीको आफनै किसिकमको फाइदाहरु रहेका छन् । हामी युवाहरु हम्रो सवृद्धि र प्रदेशको सम्बृद्धि गर्न स्वरोजगारले महत्वपूर्ण भुमिका निबार्ह गर्दछ ।
युवा स्वरोजगार भएमा र्सिजनशीलता र सन्तुष्टि प्राप्त गर्न सकिन्छ, अरुको चाहना भन्दा पनि आफनो चाहना अनुरुपका गर्न सकिन्छ।मालिक÷व्यवस्थापकको स्वार्थ र चाहना अनुसार काम गर्नुपर्ने, त्यो नहुँदा सहनुपर्ने विभेद र मानसिक तनाव, श्रमअनुसारको पारिश्रमिक नपाउने समस्या, जागीरको अनिश्चितता आदिले गर्दा स्वरोजगार हुनु बढी फाईदा जनक रहेको छ।लोक सेवा लडेर सरकारी जागीर खानु सहज छैन।
परीक्षामा चर्को प्रतिस्पर्धा गर्नुपर्ने, सार्वजनिक संस्थानहरूमा आफन्तबाद कृपाबाद तथा आस्थाको आधारमा भर्ती गरिने र निजी क्षेत्रमा र पहुच अनि चिनजान र अनुभवीलाई मात्र प्राथमिकता दिइने हुँदा आफ्नै व्यवसाय थाल्नु राम्रो हुने गर्दछ।बढ्दो बेरोजगारी समस्याका कारण युवालाई सस्तो श्रममा काममा लगाउने, आर्थिक गतिविधिको विस्तार हुन नसक्दा पनि युवालाई जीविकोपार्जन हुने खालको जागीर पाउनु कठिन हुने तर स्वरोजगार भई मिहिनेत गर्दा जागीरको भन्दा गुणात्मक हिसाबले बढी आम्दानीगर्न सकिन्छ।
स्वरोजगार हुदा आफनो देशमा आफनो कला,मेहनतले आर्थीक तथा सामाजिक परिवर्तन ल्याउन सकिन्छ र देश प्रदेश समवृद्धिको बाटोे तर्फ अग्रसर हुन्छ । युवा जनशक्ति तथा मस्तिष्क पलाएन पनि कम हुन जान्छ ।
स्वरोजगारले आफुलाई त रोजगार त हुन्छ नै साथै व्यवसायीक रुपमा लागेमा अन्य व्यक्तिहरुलाई पनि रोजगार दिन सकिन्छ। स्वरोजगारमा आफनै थोरै पुजी लगानीगरेर, सिमित स्रोतसाधन, कम जनशक्तिमा वा आफनै घरपरिवारका सदस्यहरुलाई समावेश गरी व्यवसाय सञ्चालन गर्न सकिन्छ । स्वरोजगारीले जिवनस्तर उकास्नमा, निर्यात प्रर्वधन गर्न, उत्पादकत्व बृद्धि गर्न, स्थानिय स्रोतसाधनको अधिकत्तम सदुपयोग गर्न, क्षेत्रीय सन्तुलन कायम गर्न, आत्म निर्भरता वृद्धि गर्न, सरकारको राजश्व बृद्धि गर्न सहयोग गर्दछ ।
हम्रो प्रदेशको सम्भावना र चुनौतिहरु
गण्डकी प्रदेश सम्भावना नै सम्भावनाले भरिएको प्रदेश हो । भौगोलिक ,धार्मिक, ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक रुपले धनि प्रदेश पनि हो। यहाँ युवा स्वरोजगारको लागि कृषि उत्पादन, पर्यटन, जलविद्युत उत्पादन, धार्मिक क्षेत्रको प्रचुर मात्रामा सम्भावना रहेको छ । यस प्रदेशका सम्भावनाका पाटोहरु निम्नलिखित रहेको छः
प्राकृतिक सम्पदा
वन सम्पदा बाताबरणीय सन्तुलन र मानिसको जिविकोपार्जन गर्नको लागि महत्वपूर्ण सम्पदा हो । प्रदेशकाको कुल क्षेत्रफलको ३४.९ प्रतिशत भू—भाग विभिन्न प्रकारका बन जंगलले ढाकिएको छ। यस प्रदेशमा उपोष्ण सदावहार,समशितोष्ण पतझर, समशितोष्ण जङ्गल पाईन्छ ।
जलसम्पदाको हिसावले पनि धनि प्रदेश गण्डकी हो । यस प्रदेशमा कालिगण्डकी,त्रिशुल, सेती, मादी,दरौदी,मस्याङ्गदी र बुढी गण्डकी जस्ता नदीहरु छन् । साथै यस प्रदेशमा तिलीचो ताल, फेवा ताल,रुपा ताल बेगनास ताल लगायत साना ठुला थुपै तालहरु रहेका छन्। जसले जलविद्युत उत्पादन तथा सिँचाईमा र मनोरन्जन लागि उपयोग गरिएको छ ।
यस प्रदेश उत्तरमा सिमान्त हिमाल देखि दक्षिणका भावर प्रदेश सम्म फैलिएको भौगोलि , जैविक र साँस्कृति विविधता रहेकोलेपर्यटन, कृषि, पशुपालन, फलफुल खेती जस्ता व्यवसाय गरि यहाँका युवा स्वरोजगार हुन सक्दछन्
यस प्रदेशमा जडिबुटि उत्पादनको पनि ठुलो सम्भावना रहेको छ ।
जलको प्रयोग गरेर कृषि उत्पादन गर्नुको साथै साहसीक जलक्रिडा र मनोरन्जनात्मक व्यवसाय गर्न सकिन्छ
तर भौगोलिक हिसावले पनि विकट, प्रविधिको अभाव, खेती योग्य जमिनको अभाव, वन अतिक्रमण, प्रकृतिक प्रकोप जस्ता चुनौतिहरु यस प्रदेशमा रहेको छ ।
कृषि तथा पशुपंक्षीजन्य उत्पादन
यस प्रदेशको कुल भु—भाग मध्ये २,५५,६५१ ह्ेक्टर जमिन खेतीयोग्य रहेको छ भने १,१७,३१५ हेक्टर क्षेत्रफलमा सिंचाई पुगेको छ । यसमा सवैभन्दा कम खेतीयोग्य जमिन मनाङ्गमा रहेको छ भने नवलपुरमा बढी खेतीयोग्य जमिन रहेको छ ।यस प्रदेशका प्रमुख खाद्यन्न बालिहरु धन, गहुँ, मकै, कोदो, फापर र जौ रहेका छन्। त्यस्र्तै दलहन, तेलहन, आलु , फलफुल खेती, तरकारी आदि यहाँका प्रमुख उत्पादन हुन। तर खाद्यान्न र आलुमा बाहेक अन्य उत्पादनमा यस प्रदेशको आत्मानिर्भरता हुन सकेको छैन।
क्षेत्रिय पशुसेवा निर्देशानालय पोखराको २०७४ सालको तथ्याङ्याक अनुसार यस प्रदेशमा दुग्ध उत्पादनको अवस्था ३,०९,२७१ मेट्रिकटन उत्पादन हुन्छ। यस प्रदेशमा ४ लाख ४८ हजार २१८ घरधरी कृषि कार्यमा संलग्न रहेका छन्। कृषि मन्त्रालयबाट प्रकाशित पुस्तकमा उल्लेख तथ्याङ्क अनुसार यस प्रदेशमा ५,६७,९३८ मेट्रिकटन खाद्यान्न उत्पादन हुन्छ भने ५,४४,४२३ खाद्यान्नको आवश्यकता रहेकोले २३,५१५ मेट्रिकटन खाद्यान्न बचत रहने अबस्था देखिन्छ।
हाल खाद्यन्न बालि बाहेक तेलहन, दलहन, तरकारी तथा फलफुलमा न्यून उत्पादन भईरहेको अवस्थामा काली गण्डकी तथा मस्याङ्गदी नदी उपत्यकामा कृषि उत्पादनको भण्डारकोरुपमा विकास गरी निर्यातमुलक व्यावसाय सञ्चालन गर्न सकिन्छ ।
यस प्रदेशको उत्तर तर्फका पहाडी तथा हिमाली जिल्लाकमा प्रशस्त घाँसे मैदान र वन जंगलले ढाकेको हुनाले गाई, बाख्रा, चौरी, भैसी,भेडा,बंगुर, च्याङ्गग्रा ,मत्श्यपालन, मौरीपालन ,कुखुरा पालन आदिमा राम्रो सम्भावना रहेको छ ।
यस प्रदेशमा तनहुँ, स्याङजा, कास्की, म्याग्दी जिल्ला बोका, खसी , बंगुरको मासु बढी खपत हुने जिल्लाहरु ह्ुन भने उत्पादनको हिसावले नवलपुर, तनहु, स्याङजा,कास्की जिल्लाहरु पर्दछन् ।
प्रदेशको नवलपुर जिल्लालाई तेलहन पकेट एरिया, तनहु, पर्वत, बाग्लुङ्ग आदि जिल्लालाई विउविजन तथा तरकारी उत्पादन केन्द्र विकास गर्न सम्भवना रहेको छ ।
पशुचौपाय र हाँस कुखुरा लगायतका पंक्षीजन्य उत्पादनमा जस्तै माछा, मासु तथा दुग्धजन्य उत्पादनको पनि धेरै सम्भावना रहेको छ ।
यस प्रदेशमा पहाडी जिल्लामा पर्याप्त युवाहरु तथा कृषि श्रमिक, प्रविधिको अभावका , जमिन अनुसारको सुहाउदो खेती नभएकोले तथा उपयुक्त सिंचाई नहुनाले कतिपय जग्गाहरु बाझो हुन पुगेका छन् ।
उत्पादीतक बस्तुले यातायातको साधनको अभाव तथा उचित बजारिकरणको अभावले गर्दा उचित मुल्य पाउन सकिरहेको छैन ।
पर्यटन
गण्डकी प्रदेश धार्मिक तथा प्राकृतिक पर्यटनको लागि महत्वपूर्ण स्थान हो। यहाँ विश्वमा नपाईने शालिग्राम पाईने एक मात्र नदी कालिगण्डकी यही प्रदेशमा रहेको छ । नेपालको एक मुख्य पर्यटकीय क्षेत्र पोखरा र विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्ग यस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यहरु हुन। यसका साथै द्यौलागिरी, अन्नपूर्ण र मनास्लु हिमश्रृंखला, अन्नपूर्ण संरक्षण क्षेत्र,ढोरपाटन शिकार आरक्षण, हिमनदीहरु,झरना, ताल तलैयाहरु, ग्रामीण पर्यटन गतिविधिका केन्द्र होमस्टे, साहसि पदमार्ग यस प्रदेशमा रहेको छ ।
मनकामना, मुक्तिनाथ, बाराही, लुम्बिनी, देवघाट, विन्ध्यावासिनी, गलेश्वरधाम, जगेन्द्र मोक्ष आदी जस्ता धार्मिक स्थलहरु, गोरखा दरबार, नुवाकोट आदि ऐतिहासिक स्थलहरु अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी जस्ता हिमश्रृखला, गुफा, तिलिचो, फेवा, बेगनास आदि ताल तलैया, ठाँउ ठाँउमा भूमिगत भै वग्ने सेती नदी, डेभिड फल, सुन्दर हरिया पहाड अनि समथर तराइ जस्ता पर्यटकीय दृष्टिले अति महत्वपूर्ण सम्पदाको धनी यो प्रदेश बहुजाती, बहुभाषा, बहुधर्म सस्कृतिले पनि आकर्षणको रुपमा रहेको छ । स्वरोजगारी र्सिजनाका लागि पर्यटनको अवसर र चुनौतिहरु निम्नलिखित रहेका छन् ।
हिमाल ताल तलैया, झरनाको तथा प्राकृतिक रुपमा भरिपूर्ण प्रदेशमा पर्यकलाई राम्रो बस्न, खानाको लागि राम्रो होटल, लज, होमस्टे संचालन तथा घुम्नको लागि टुरिस गाईडको राम्रो समभावना रहेको छ ।
मनकामना, मुक्तिनाथ, बाराही, लुम्बिनी, देवघाट, विन्ध्यावासिनी, गलेश्वरधाम, जगेन्द्र मोक्ष, विभिन्न आदी जस्ता धार्मिक स्थलहरु लगाएत बौद्ध स्तुपाहरु थ्ुाप्रै धार्मिक तथा साँस्कृति महत्वका मठमन्दिर, स्मारक तथा सम्पदाहरु रहेकोले धार्मिक पर्यटनको पनि सम्भावना बोकेको छ।
पोखरा, बाग्लुङ्ग, वालिङ्ग, दमौली जस्ता तिव्र रुपमा विस्तार भएका सहरहरुलाई पर्यटन, उद्योग, व्यापार, बैंकिङ्ग, पुजीबजार,शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा मुख्य केन्द्रको रुपमा विकास र विस्तार गरेर उद्योग, पर्यटन तथा होटल , यातायात ब्यबसाय विस्तार गरेर स्वरोजगार र्सिजन गर्न सकिने सम्भावना रहेको छ ।
व्यापारिक गतिविधि बढदै गएपनि त्यो उपभोगमुखी आयातमा आधारित भएकाले त्यसको आन्तरिक उत्पादन र निर्यात ब्यापारसँग सम्बन्धित नरहनु, यहाँका युवाहरु विदेश पलाएन हुनु यस प्रदेशको मुख्य चुनौति हो। युवाहरुलाई उत्पादनमुलक , उद्यमशीलता र सिर्जनशीलता कार्यमा संलग्न गराउन जरुरी रहेको छ ।
उद्योग व्यापार
भौगोलिक विविधताको कारणले गर्दा यस क्षेत्रमा उत्पादन हुने फलफुलका लागि प्रशोधन उद्योग र जडिबुटि जन्य उद्योगको प्रशस्त सम्भावना रहेको छ । यस प्रदेशमा स्थापित ठुला उद्योगको संख्या कम रहेको छ भने घरेलु तथा साना उद्योगहरु हरेक जिल्लामा उल्लेखनीय रहेको पाईन्छ । यस प्रदेशका औद्योगिक तथा साना घरेलु उद्योगबाट पेय पदार्थ, धातु जन्य उत्पादन, कागज उत्पादन,अल्लोको कपडा, ढाकाको कपडा, चुरोटहरु जस्ता बस्तु उत्पादन गर्ने गर्दछन। जुन देशविदेशमा निर्यात हुने गर्दछन् ।
यसरी यो प्रदेशमा युवा स्वरोजगारको ठुलो सम्भावना रहेका छ । यि सम्भावना सहित देखिएको चुनौतिलाई प्रदेशले समाधान गर्नकोलागि ठोस कदम चालिनुपर्दछ । हाम्रो प्रदेशमा भौगोलिक अबस्था प्रमुख चुनौतिको रुपमा देखा परेको छ । यातायातको राम्रो पहुच नहुनु, उत्पादित बस्तुको राम्रो बजारिकरण नहुनु, युवा जनशक्तिलाई यही केही गर्ने खालको प्रोत्साहनयुक्त बाताबरण नहुनाले हामी हाम्रो समृद्धिमा पछि परेका छौ।
हाम्रो प्रदेशमा कसरी युवा स्वरोजगार हुन सक्छन् ?
१. हाम्रो प्रदेश सहरी भन्दापनि ग्रामीण क्षेत्र बढी भएको प्रशस्त मात्रामा स्रोत साधन भएकोले यहाँ ग्रामीण उद्यमशिलतालाई जोड दिनुपर्दछ । यस अन्तरगत पनि कृषिमुलक तथा बन्यजन्तु उद्योग, उत्पादनमुलक उद्योग, पर्यटनमुलक उद्योग, सेवामुलक उद्योगलाई प्राथामिकता दिनुपर्दछ ।
यसबाट स्वरोजगार र्सिजना भई प्रदेशको अर्थतन्त्रमा टेवा पुग्दछ । साथै महिलाको जनसंख्या पुरुषको तुलनामा बढि भएकोले महिला उद्यमीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनु पर्दछ
२. श्रम बैकको स्थापना गरी पुँजीको बृद्दि,आन्तरिक रोजगारीको प्रवर्धन, प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्दि, बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य र उत्पादकत्व वृद्धि गर्न श्रम बैकको स्थापना गर्नु पर्दछ।
विगतमा गरिबी निवारण कोष तथा अन्य संस्थाद्वारा सहयोग प्राप्त सामुदायिक संस्थाहरूमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्न सकिन्छ। यस बैकबाट युवाहरूले स्वरोजगार हुन अवसर प्राप्त गर्ने गरी विना धितो ऋण उपलब्ध गराउनु पर्छ।
३. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रदेश र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन गर्दै जानु पर्दछ। क्षमता विकास र स्वरोजगार हुन चाहने युवाहरूलाई रोजगारमूलक तालिम र तालिम पश्चात् प्रविधि वा पुँजी लागत साझेदारीमा अनुदानको व्यवस्था गर्न सके यो कार्यक्रम अझ सार्थक हुन्छ।
निष्कर्ष
हाम्रो भुमि यति र्उभर रहेको छ कि जुन स्थानमा विउ फालेपनि उम्रन्छन्। यस्तो सम्भावना नै सम्भावनाले भरिएको प्रदेशमा सुनै सुन हुदा पनि देशका युवा पितलको खोजिमा विदेश जान बाध्य छन् ।युवा जमातको अधिकत्त रुपमा लाभ लिन सकेमा मात्र हाम्रो प्रदेशको मुल नारा“समृद्ध प्रदेशःसुखी नागरिक” कोे सार्थक गराउन सकिनुको साथै युवाका समस्याहरूलाई समाधान गर्नुपर्ने हुन्छ। यहाँका युवाहरुको हरेक क्षेत्रमा सहभागीता बढाउनुपर्छ। मष्तिस्क पलाएनको अन्त्य गर्न युवा शक्तिलाई स्वदेश मै स्वरोजगार तथा रोजगारको सिर्जना गरी समग्र प्रदेशको साथै राष्ट्रको विकासमा उनीहरूलाई सरिक गराउन सकियो भने मात्रै समतामूलक र समाजवाद उन्मुख समाज निर्माण गर्न सकिन्छ।