म्याग्दीमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवेदन दिएकामध्ये ८८९ जना म्यादी प्रहरीको अन्तरर्वाताका लागि छनौट भएका छन् । जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा चैत्र २२ र २३ गते अन्तरवार्ताको माध्यमबाट छनौट गरिने म्यादी प्रहरी छनौट समितिका सदस्य सचिव प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिनुभयो ।

म्याग्दीमा ६ सय ५३ जना म्यादी प्रहरीको माग गरिएको छ । विगतमा छिमेकी जिल्ला मुस्ताङमा अपुग भए म्याग्दीबाट पठाउने गरिएकोमा मुस्ताङमा यसपटक माग अनुसारको आवेदन प्राप्त भएको छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने छ ।

उमेरहद खुकुलो भएका कारण अधिकांश भूपू प्रहरी र भूपू सैनिकले पनि फारम भरेका छन् । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २००, पोशाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चवापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

Leave a Reply