म्याग्दीको सदरमुकाम बेनीमा पार्किङ गरिएका मोटरसाईकलको लुकिङ ग्लास चोरी हुन थालेको छ । सर्वसाधारणले घरअगाडी, सार्वजनिक स्थानमा पार्किङ गरिएको अवस्थामा मोटरसाईकलबाटै लुकिङ ग्लास चोरी भएको बताइएको छ । गएराती १८ मोटरसाईकलबाट लुकिङ ग्लास हराएको छ ।

पार्किङमा राखिएको अवस्थामा एकैपटक चोरी भएपनि घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले बताउनुभयो । ‘नियोजित भन्दा पनि मदिरा सेवन गरेकाले घटाएको घट्ना हो,‘रात्री गस्तीमा निगरानी बढाएका छौ’ नेपालीले भन्नुभयो ।

पार्किङ गरिएका साना तथा ठुला सवारीसाधन तोडफोड, पेट्रोल चोरी, स्थान परिवर्तन गरी राखिएका लगायतका गुनासो आउने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बेनीबजारभित्र जडान गरिएका सिसि क्यामेरा बिग्रिएपछि मर्मतसम्भारको अभावका कारण चोरीमा संलग्नको पहिचानमा समस्या भएको बताइएको छ । यसैबीच बजारभित्रका सडक बत्ति समेत मर्मत हुन सकेको छैन् ।

 

Leave a Reply