नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले मेरो परिकल्पनाको स्थानिय सरकार विषयक निवन्ध लेखन प्रतियोगिता म्याग्दीका स्थानीय तहहरुमा सम्पन्न गरेको छ ।

जिल्लाका सबै स्थानीय तहहरुमा अनेरास्ववियुले गरेके प्रतियोगितात्मक निवन्ध लेखनमा बिद्यालयको उल्लेख्य सहभागिता रहेको थियो । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको सर्कुलर अनुसार मेरो परिकल्पनाको स्थानिय सरकार बिषयक निबन्धलेखन प्रतियोगिताको बेनी केन्द्रमा कार्यक्रममा बेनी आवासीय माध्यमिक विद्यालय बेनीका बिवश_शर्माले पहिलो स्थान हासिल गरेका छन् ।

त्यस्तै प्रकाश मावि बेनीका गृष्मा जिसी दोश्रो ज्ञानोदय मावि मौवाफाँटका सुस्मिता शर्मा ले तेश्रो स्थान हासिल गरेका थिए । त्यसैगरी बेनी बजारको माउण्ट एभरेष्ट माविकी आयुस्मा केसीले सान्त्वना स्थान हासिल गरेकी थिइन् । त्यसैगरी पश्चिम म्याग्दीको मालिका गाउपालिका केन्द्रमा भएको कार्यक्रममा पश्चिम क्षेत्रका विद्यालयको सहभागीता थियो ।

उदय बहादुर दर्जीको संयोजना तथा मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किसानि मावी बिमकी सम्झना खत्री प्रथम, जनप्रीय मावी दरवाङकी बिजया शर्मा दोश्रो र गौ बम बस्त माबी देविस्थान बिपासा सिउथानीले तेश्रो स्थान हासिल गरेकी थिइन भने निस्कोट माबी निस्कोटकी रश्मि पुन र के बि एकेडेमी दरवाङकी निसा किसानले सान्त्वना स्थान हासील गरेका थिए ।

दरवाङमा भएको कार्यक्रममा प्रमुख अतिथि खरमायाँ बिटालुले बिद्यार्थी भविष्यको कर्णधार हुन् र उनीहरुको भिजन र उनीहरुको सोचको सम्मान नेतृत्वले गर्न पर्ने बताइन् । बिटालुले देश विकास अनि स्थानीय तहका बिकासका लागि एमालेको नीतिले नै काम गरेकोले आगामी निर्वाचनमा पनि एमालेले जित्नुको बिकल्प नरहेको बताइन्।

बिटालुले युवा तथा बिद्यार्थीहरु अब आउँदै गरेका तीनै तहको निर्वाचनकालागि अग्रमोर्चामा खट्नु पर्ने बताइन् । सदरमुकाम बेनीमा भएको कार्यक्रममा संयोजक कल्याण सुवेदीको सञ्चालन एवम् अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसका सचिब सुजन खत्री, अनेरास्ववियु गण्डकी प्रदेश सम्योजक प्रकाश पौडेलको प्रमुख आतिथ्यता, रहेको थियो भने अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एबम म्याग्दी जिल्ला इन्चार्ज सुबास बिश्वकर्मा बिशिष्ट अतिथि रहेका थिए ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दिका सचिब मिलन खत्रीको स्वागत मन्तब्य, अनेरास्ववियु म्याग्दिका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पौडेलले अहिले राजनीति प्रती युवा विद्यार्थीको बितृष्णा बढ्न सक्ने सम्भावनालाइ ध्यानमा राखेर सरकारले कार्यक्रम ल्याउन पर्नेभए पनि सरकारको ध्यान एमाले बिरुद्ध मोर्चा बनाउने मै केन्द्रीत रहेको बताए ।

अनेरास्ववियु मुलुकको अग्रणी बिद्यार्थी संगठन हो र समृद्ध नेपाल शुखी नेपाली अभियान एमालेले मात्रै गराउन सक्ने भएकाले अखिल त्यो लक्ष्यको मुल खम्बा भएको हुनाले नै स्थानिय तह कस्ता चाहिन्छ भनेर खोजि अभियान जस्तै गरी निवन्ध लेखन प्रतियोगिता थालेके बताए । पौडेलले आगामी निर्वाचनमा युवा तथा बिद्यार्थीको मागलाइ सम्बोधन हुने गरि घोषणा पत्र दलहरुले तयार गर्नु पर्ने र त्यसकालागि सुझाब दिन अखिलले नेतृत्वदायी भूमिका खेल्ने बताए ।

अनेरास्ववियु म्याग्दीका इन्चार्ज सुबास बिश्वकर्माले विद्यार्थीहरुले दियको सुझाबलाइ मध्यनजर गर्दै युवा विद्यार्थीको समस्यामा केन्द्रित रहि हरेक पार्टिले घोषणा पत्र बनाएमा युवा विद्यार्थी पलाएलाई रोकि प्रभाब कारी स्थानीय सरकार बनाउन सकिने बताए । देश बिकास गर्न सक्ने र समृद्धि तर्फको यात्राका लागि एमाले सँग भिजन भएको हुँदा देशका हरेक सरकारको नेतृत्व एमालेले गरेमा मात्रै मुलुक समृद्धि तर्फ अगाडी बढ्ने बिश्वकर्माले बताए ।

Leave a Reply