नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ ।

नियमित खोप सेवामा समावेश गरि देशव्यापी रुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७१८ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

खोप अभियानबारे विहिवार आयोजित पत्रकारहरुसंगको अभिमुखीकरण कार्यक्रममा विद्यालय स्तरसम्मै खोपकेन्द्र सञ्चालन गरेर लक्षित उमेरका विद्यालयभित्र र बाहिर रहेका समेत बालबालिकाहरुलाई खोप लगाउनका लागि अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

म्याग्दीमा चैत २५ देखि वैशाख २ गतेसम्ममा खोप लगाइसक्ने गरि अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । खोप अभियानका लागि २३० खोप केन्द्र सञ्चालन हुन ेछन् । स्थानीयतहरुसंग समन्वय खोपको तालिका नै सार्वजनिक गरि खोप लगाउन लागिएको छ । १२५ जनालक्षित समुदायको बालबालिका रहेको विद्यालयमै खोप केन्द्र सञ्चालन गरिने र कम भएका बालबालिकाहरुलाई नजिकको पायक पर्ने केन्द्रमा ल्याएर खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानका लागि २३० जना स्वास्थ्यकर्मी, ४६०जना स्वयंसेवक र ५७जना सुपरिवेक्षक समेत परिचालनगरिने कार्यालय प्रमुख लम्सालले बताए । उनका अनुसार, हरेक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जनामहिला स्वास्थ्य स्वयंसेवीका र एक जना महिल ाशिक्षक परिचालन हुनेछन् । खोप अभियानमा परिचाल नहुने स्वास्थ्यकर्मी, स्वयंसेविका र शिक्षकलाई आबश्यक तालिम तथा अभिमूखिकरण गरि सकिएको छ ।

खोप अभियानलाई प्रभाबकारी बनाउन विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन भएको छ । उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रम मार्फत एक मात्राखोप लगाउन पाउने छन् ।यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुन्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३औँ टाइफाइड विरुद्धको खोप थपगरिने भएको हो । दादुरा÷रुबेलाको दोस्रो मात्रासँगै बालबालिकाले उक्त खोप लगाउन पाउने जनाइएको छ ।
अरू खोपमाझैँ टाइफाइडको खोप लगाउँदा सामान्य असर देखा परे पनिआफैँ ठीक भएर जाने स्वास्थ्यकर्मीको भनाइ छ ।

टाइफाइडमा उच्चज्वरो आउने, टाउको दुख्ने, जिउदुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्ने लगायत लक्षण देखिने गरेको छ । रोगको सङ्क्रमण शरीरमा फैलँदै गएमा सानो आन्द्रामा घाउ हुने, प्वाल पर्ने र मस्तिष्क सम्बन्धी जटिल समस्या समेत देखिने जनाइएको छ । दक्षिण पुर्वि एसियाली मुलुकहरु मध्ये नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप लगाउन सुरु भएको जनाइएको छ ।

Leave a Reply