गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहमा गठबन्धन गर्ने कांग्रेसको बाचा पुरा गर्नुपर्ने बताउनुभएको छ । वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताउँदै सत्ताको नेतृत्वमा कांग्रेसलाई साथ दिने दललाई बेइमानी नगरिने बताउँदै देशैभरी सत्ता गठबन्धनको साझा उम्मेदवारले निर्वाचनमा सहभागी हुने बताउनुभयो ।

अघिल्लो सरकारले लगातार संविधानमाथि नै आक्रमण गरेपछि संविधानको रक्षाका लागि अप्ठेरो अवस्थामा बनेको बाम–लोकतान्त्रिक गठबन्धनका बारेमा अनावश्यक आशंका ब्यक्त गर्न नहुने गृहमन्त्री खाँडको भनाई छ ।

म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि सुरु भएको नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि आउनुभएका गृहमन्त्री खाँडले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले सिद्धान्त नमिलेपनि संविधान र लोकतन्त्रको पक्षमा रहेका शक्तीसँग विगत लामो समयदेखि नै सहकार्य गरेको बताउनुभयो ।

स्वर्गिय गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी शान्ति प्रक्रिया सुरु भएको बताउँदै माओवादीसँगको सहकार्य सिद्धान्तसँग तुलना गर्न नमिल्ने बताउनुभयो । ‘बाम शक्ती मिल्दा हामी संसदमा एक तिहाई पनि थिएनौ,‘अहिले बाम शक्तीकै साथमा सत्ताको नेतृत्व गरेका छौ’गृहमन्त्री खाँडले भन्नुभयो ।

उहाँले ‘खोलो त¥यो लौरो बिस्र्यो’ भनेजस्तै गर्न नहुने बताउँदै सत्ता गठबन्धनको चुनावी तालमेललाई केवल दलीय स्वार्थको रुपमा लिन नहुने बताउनुभो । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले गठबन्धनको इतिहास लामो रहेको भन्दै केही उदाहरण प्रस्तुत गदैं गृहमन्त्री खाँडले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि गृहमन्त्री खाँड फर्किनुभएको छ ।

Leave a Reply