दैनिकजसो पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन थालेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन मंगला गाउँकमिटीले बावियाचौरमा विरोध प्रर्दशन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै शुक्रबार प्रदर्शन गरेका हुन् । विरोध सभामा मंगला गाउँपालिका उपाध्यक्ष एवम् केन्द्रिय सदस्य, म्याग्दी सह इन्र्चाज सिर्जना केसीले मुल्यबृद्धि, बजारमा देखियको चर्को महँगिको नियन्त्रण गर्न माग गर्नुभएको छ ।

सोही अवसरमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य धनबहादुर खाती, मंगला पालिका कमिटी सचिव चिरञ्जीवि शर्मा, उपसचिव राजु पाण्डे लगायतले ग्रामिण क्षेत्रका जनतालाई मंहगीले असज भएको बताउनुभएको थियो । विरोधसभाका पालिका सहसंयोजक कुमार किसान, अध्यक्षता संयोजक दिलिप बुढाथोकीले गर्नुभएको थियो । नेपाल आयल निगमले अन्तराष्ट्रिय मुल्यका कारण नेपालमा बृद्धि गर्नुपरेको बताउँदै पेट्रोल, डिजेल, मट्टितेलको मुल्य बढाएपछि सर्वसाधारणको भान्सासम्म असर गरेको छ ।

Leave a Reply