उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित ज्ञानप्रकाश माविमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई शुक्रबार दुर्गाप्रसाद स्मृति कोषद्वारा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । गएको दुई शैक्षिक सत्रमा एसइई परीक्षामा विद्यालयमै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित विविध सहयोग तथा सम्मन गरिएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट सजिता गुरुङ ९२०७६० सालमा, रितेश विक ९२०७८० कक्षा १२ मा सर्वोत्कृष्ट सुशिल सोतन्जा ९२०७७० कुमार राम्जाली ९२०७८० लाई जनही पाँच–पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र वितरण गरिएको हो ।

कोषले आधारभुत तहमा २०७६ मा पालिकास्तरमै सर्वोत्कृष्ट आयुश्मा सुनामलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।सोही अवसरमा कोषबाट मनिष गौचन,राधिका बैरागीलाई छात्रबृत्ति वापत जनही १० हजारको दरले वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शान्त नेपालीले बताउनुभयो।

पुरस्कार वितरण कार्यक्रममा प्रमु्ख अतिथि देवलकुमारी तुलाचन, अन्नपूर्ण गाउँपालिका शिक्षा अधिकृत गणेशबहादुर कटुवाल क्षेत्री,कोषका संस्थापक कृष्ण तुलाचन,विद्यालयका विब्यस अध्यक्ष बेलबहादुर पुर्जा, वडा सदस्य कृष्णबहादुर पुर्जा, कार्यपालिका सदस्य थमबहादुर विक, अभिभावकको तर्फ लाललबहादुर तिलिजा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै कोषका संस्थापक कृष्ण तुलाचनले विद्यार्थीको उज्वल भविष्यको निम्ती कोषको पहलमा पूर्वाधारसहित विभिन्न कार्यक्रमहरु ल्याइएको बताउँदै कोरोनाका कारण नियमित कार्यक्रमहरु सञ्चालन गर्न नपाइएको बताउनुभयो । उहाँले आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीलाई आफ्नो जन्मदिनको अवसरमा समेत सहयोग गरेको बताउनुभयो ।

उहाँले भविष्यमा पनि प्राथमिकतामा राखेर काम गरिने बताउँदै एसइई र उच्च शिक्षा उत्र्तीण गरेपछि विद्यार्थीहरुले आफ्नो भविष्यका लागि आफैले विषय रोजेर अध्ययन गर्नुपर्ने बताउनुभयो । सम्मान कार्यक्रममा जीवनको ठूलो आधार नै शिक्षा भएकाले सफलताका लागि निरन्तर पुस्तकसहित रचनात्मक क्रियाकलापमा लगाव राख्नुपर्नेमा जोड दिइएको थियो । कोषका अध्यक्ष तुलाचनको पहलमा विद्यालयमा भौतिक पूर्वाधार सहित शैक्षिक गतिविधिमा ठूलो सहयोग रहेको छ ।

 

 

 

Leave a Reply