सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लब अफ बेनी सिटी म्याग्दीको नवौं अधिवेशन हिँजो (शुक्रवार) सदरमुकाम बेनीमा सम्पन्न भएको छ । अधिवेशनले राजु बानियाँको अध्यक्षतामा वर्ष २०२२–२३ को लागि नयाँ समिति चयन गरैको हो ।
बेनी सिटीको प्रथम उपाध्यक्षमा अन्जित खान, द्वितीय उपाध्यक्षमा तुलसीनाथ सुवेदी, तृतीय उपाध्यक्षमा लक्ष्मण कटुवाल, सचिवमा महेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा भीमनाथ शर्मा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष बानियाँले जानकारी दिएका छन् ।

कार्यक्रममा लायन्स क्लब बेनी पिस सिटीका पूर्व अध्यक्षहरु दिपु श्रेष्ठ, सुविन श्रेष्ठ, विनय श्रेष्ठ, कृष्णसिङ बानियाँ, अमित बानियाँ र निवर्तमान अध्यक्ष मिलन बानियाँको विशेष उपस्थिति रहेको थियो । लायन्स क्लबले म्याग्दी जिल्लामा शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग गर्नु साथै विभिन्न ठाउँमा सचेतनामूलक अभियानहरु समेत सञ्चालन गर्दै आइरहेको छ । लायन्स क्लबले स्वास्थ्यतर्फ आँखा शिविर पनि सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply