म्याग्दीमा धेरै कुखुरा, चल्ला, अण्डाको खपत हुने चितवनमा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएपनि सम्बन्धित निकायले आयातलाई नियन्त्रणमा ल्याउन खासै पहल गरेको छैन् । दैनिकजसो चितवन लगायतका जिल्लामा सङ्क्रमण फैलिएपनि दैनिकजसो बर्डफ्लु रोग सङ्क्रमण फैलिने क्षेत्रबाट धमाधम भित्रिने गरेको छ ।

बर्डफ्लु रोग नियन्त्रणका लागि जिल्लामा रहेको समिति समेत निस्कृय जस्तै छ भने आवश्यक अनुगमन लगायतका कार्यहरु समेत हुन सकेको छैन् । जिल्लामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत आवश्यक सचेतनामुलक कार्यक्रम, अनुगमन लगायतका सर्तकता अपनाउन चासो नदेखाएको भन्दै सरोकारवाला निकायले समेत चिन्ता ब्यक्त गरेका छन् ।

नाकाबाट भित्रिने कुखुरा पर्वत, बागलुङको भन्ने गरिएकाले प्रयाप्त निर्देशनको अभावले रोक्न समस्या हुने नाकामा खटिएका सुरक्षाकर्मीको भनाई छ ।बेनीबजारको कालिपुल र हाँडेभिरबाट भित्रिने कुखुरा,चल्ला, अण्डालाई पशुु क्वारेन्टानबाट चेकजाँच गरेको कागजात आवश्यकता पर्छ । बेनीबजारमा रहेका केही स्थापित मासु पसलले सस्तोमा पाइने भएपछि चितवनबाटै कुखुरा ल्याउने गरेका छन् ।

विज्ञ केन्द्रले आवश्यक समन्वय गर्नुपर्नेमा सम्बन्धित सरोकारवाला निकायसँग तालमेलको अभावले जिल्ला बाहिरबाट भित्रिने कुखुरा, अण्डाबाट बर्डफ्लु रोग सङ्क्रमणको जोखिम रहेको छ ।

म्याग्दीका कुखुरा ब्यवसायीले समेत बाहिरी जिल्लाबाट जोखिम मोलेर ल्याउन तत्काल रोक लगाउनुपर्नेमा जोड दिएका छन्। चितवनमा संक्रमण फैलिएपछि गण्डकी प्रदेशकै केही जिल्लाले जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइसकेका छन् । बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम विभिन्न कार्यक्रम गर्न सकिन्छ ।

 

Leave a Reply