भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीले पूर्णता पाएको छ । शनिबार जिससमा रहेको कार्यालयमा जिल्ला अध्यक्ष देबेन्द्र विश्वकर्माले सदस्यहरू लाई सपथ ग्रहण गराएका छन् । भुमि आयोगको अध्यक्षमा संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मा, सदस्यमा माओवादी केन्द्रबाट खुमनाथ सुबेदी, नेपाली कांग्रेसबाट टंक हमाल र खिमा पूर्जा मगर रहनुभएको छ ।

आयोग जिल्लाले पूर्णता पाएसँगै भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण सहितको काम अगाडी बढाउने भएको छ । सदरमुकाम बेनीमा मुस्लिम बस्तीमा रहेकालाई उचित ब्यवस्थापन सहित जिल्लाभरको समस्या समाधानमा नियमित काम सुरु गर्ने सदस्य हमालले बताउनुभयो ।

‘विगतका समितिको कामका बारेमा पनि अध्ययन गछौं,‘अब भूमिहिनको समस्यालाई सधैका लागि समाधान गर्न प्रतिबद्ध छौ’ सदस्य हमालले भन्नुभयो । सत्ता गठबन्धनको राजनीतिक नियुक्तीमा एकिकृत समाजवादीलाई बेवास्ता गरिएको भन्दै जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले विज्ञप्तीमार्फत नै ध्यानार्कषण गराएका छन् ।

Leave a Reply