नेपाल पुलिस क्लबकी कप्तान कमला पुन सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–३, रुमडाँडाकी पुनले पाल्पाको तानसेनस्थित रानी महलमा भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।पुनले पुलिसको लागि २७ अंकको योगदान दिनुभएको थियो । विभागीय टोलीमा महिला खेलाडीमा उत्कृष्ट पुनले नेपालका लागि सार्क सहित विभिन्न खेलमा समेत लोभलाग्दो प्रर्दशन गर्न सफल हुनुभएको छ ।

सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै कमलाले २० हजार रुपैयाँ प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट खेलाडी चयन गर्नको लागि अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम लासिवा र एसियन भलिबल रेफ्री विकास गुरुङले प्रतियोगिताको क्वार्टर फाइनलदेखि खेलाडीको प्रदर्शनलाई मूल्याङ्कन गर्दै आउनुभएको थियो । रुमडाँडा गाउँमा पिता स्व. चन्द्रहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक २० गते जन्मिनुभएकी पुनले गाउँबाट भलिबल खेल्दै जिल्ला, क्षेत्र हुदै राष्ट्रिय टिममा पुग्नुभएको थियो ।

Leave a Reply