दिउँसो परेको भिषण असिनापानीले अन्नबाली सखाप

म्याग्दीमा शनिबार दिउँसो परेको भिषण असिनापानीले ठूलो क्षति पु–याएको छ । बर्षासँगै परेको असिनापानीले बेनी नगरपालिका, मंगला, रघुगंगा गाउँपालिकाको विभिन्न वडामा पाकेर थन्काउने बेलाको गहुँ, जौ, सुन्तला लगायतका कृषिजन्य खेतीमा ठूलो क्षति पु–याएको स्थानीय कृषकले बताएका छन्। बेनपा–३ भकिम्लीका ७० बर्षिय कर्णबहादुर रोकाले अहिलेसम्मकै ठूलो असिनापानी देखेको बताउनुभयो ।

‘एक्कासी परेको असिनापानीले खेतबारी नै सेताम्मे भयो,‘खेतबारीका अन्नबाली सखाप भएको छ’ बृद्ध रोकाले भन्नुभयो । भकिम्लीको हल्लेगौडा, पानीस्वाँरा लगायतका बस्तीहरूमा असिनापानीबाट धेरै असर गरेको स्थानीय यूवा याम घर्तीमगरले बताउनुभयो ।

उहाँका अनुसार खेतबारीमा करिब आधाफिटसम्म परेको असिनाले गखाद्यन्नबाली र तरकारी खेतीमा समेत ठूलो क्षति भएको छ । असिनापानीसँगै आएको बाढीका कारण ग्रामिण सडक समेत हिलाम्मे भएको छ । जिल्लाभर अनिसापानीबाट भएको क्षतीको विवरण प्राप्त नभपनि स्थानीय तहले कृषि शाखामार्फत विवरण संकलन गर्ने जनाएको छ ।

जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने भकिम्लीका अधिकांस सुन्तलाबारीमा समेत असिनाले ठूलो क्षती पुगेको छ । सुन्तलाको पात नै झर्ने गरी असिनापानी परेको स्थानीय कृषकको भनाई छ । करिब एकघण्टाको बिचमा परेको असिनापानीबाट बजारमा लैजान तयारी भएको तरकारी समेत कामै नलाग्ने गरी नष्ट भएको छ।

Previous articleम्याग्दीकी कमला पुन बिच भलिबलको सर्वोत्कृष्ट खेलाडी
Next articleएकीकृत समाजवादीको जलजला गाउँपालिका अध्यक्षमा पुन !