पर्वतको जलजला गाउँपालिकालाई दुई थान अक्सिजन कन्सन्टेटर र ३ हजार मास्क हस्तान्तरण गरिएको छ । गैर आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका (टिका) गुरुङले जलजला–३ का वडा अध्यक्ष रबी भण्डारी, गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधर सुबेदी, प्रशासन अधिकृत प्रताप शर्मालाई हस्तान्तरण गर्नुभएको छ ।

एनआरएनए आइसीसी अध्यक्ष एवम् जलजलाबासी कुल आचार्यसँग समन्वय गरी बेनेभोलेन्स च्यारिटी हल लिमिटेड हङकङले उपलब्ध गराएको कन्सन्टेटर र मास्क हस्तान्तरण गरिएको महिला सचिव गुरूङले बताउनुभयो ।

सोही अवसरमा वडा अध्यक्ष भण्डारीले प्राप्त सहयोगलाई आवश्यकता परेका स्वास्थ्य संस्थामा पठाउने बताउनुभयो । सामाजिक तथा घरायसी कामका लागि म्याग्दी आउनुभएकी गुरुङले शुक्रबार म्याग्दीका विभिन्न ६ संस्थालाई अक्सिजन कन्सन्टेटर सहित मास्क वितरण गर्नुभएको थियो ।

बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हङकङमा ब्यवसायमा सक्रिय गुरुङले स्वास्थ्य सहित अन्य विभिन्न योजनामा एनआरएनए र विभिन्न संघसंस्थासँग सहकार्य गरी म्याग्दीमा काम गर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरका मेयर श्रेष्ठले नियमित रुपमा बिरामीलाई अक्सिजन प्रवाह गर्न सकिने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन एवम् सञ्चालन नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो ।

Leave a Reply