मगर संघ युकेको सातौँ महाधिवेशनबाट म्याग्देली चेली अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । फार्नबोरोस्थित स्यामूल कोडी स्पोर्ट कलेजमा सम्पन्न भएको महाधिवेशनमा मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष सीता पुनमगरले २१६ मत प्राप्त गरेर अध्यक्षमा बिजयी हुनुभएको हो ।

पुनले अर्का प्रत्यासी तथा उपाध्यक्ष राम गलामीमगरले २१३ मतमा सिमित गदैं मगर संघको इतिहामा पहिलोपटक महिला अध्यक्ष बन्नुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट घर र बिम माईती भएकी अध्यक्ष पुन यूकेमा रहेर मोना युके सहित विभिन्न संघसंस्थामा समेत सक्रिय हुनुहुन्छ ।

महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लालबहादुर पुनमगर, उपाध्यक्षहरुमा क्रमशः रुद्र थापामगर , होम रोकामगर, महिला उपाध्यक्षमा निर्मला थापामगर, सचिबमा गुमानसिंह थापामगर, सह–कोषाध्यक्षमा थाम बहादुर रोकामगर, सदस्यहरुमा रुकबहादुर आलेमगर, गोमानसिंह पुनमगर, सरला थापा रोकामगर, नुनु पाइजा मगर, टेन्याङ्ग (सरु) गुरुङ रानामगर, सुशिला मगर, रमेश दुरामागर, मोहन बहादुर थापामगर, किशोर रानामगर, नरेश थापामगर र बोधबिक्रम थापामगर निर्बिरोध निर्वाचित हुनुभएको धौलागिरी नौमति बाजा समुह यूकेका अध्यक्ष बिल पूर्जा मगरले जानकारी दिनुभयो ।

मगर संघ यूकेमा रहेका नेपालीको सबैभन्दा ठूलो संस्थामध्येमा पर्छ । नेपालमा रहेका मगर समुदायका कला र संस्कृतिलाई समुन्द्रपारी पुर्याएर प्रचारप्रसार गर्न मगर संघको समेत मूमिका रहेको छ ।

Leave a Reply