विनय श्रेष्ठ\नेपाल फेरि एकपटक चुनावी माहोलले रंगिएको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेसंगै चुनावी माहोल तात्तिएको छ । चुनाव सर्छ कि भन्ने झिनो आशंका रहे पनि राजनैतिक दलका नेता र कार्यकर्ता आन्तरिक दौडधुप र तैयारीमा जुटि सकेका छन् ।
नेपालको संविधान २०७२ जारी भए पछि देशमा तीन तहको सरकार व्यवस्था गरेको छ । तीन तहको सरकार मध्ये आम नागरिकको सहजै पहुँच पुग्ने र सुखदुःखमा सरोकार राख्ने तह भनेकै स्थानीय सरकार हो । त्यसैले एक पटक तीन करोड नेपाली जनतालाई गम्भीर हुने र आफ्नो भविष्य कोर्ने सुनौलो अवसर जुरेको छ ।
स्थानीय तहमा भाग्य कोर्ने यस्तो अवसर पहिलोपटक जुरेको भने अवस्य होईन । बहत्तरको संविधान पछिको मात्र कुरा गर्ने हो भने पनि यो दोस्रो पटकको अवसर हो । आज भन्दा पाँच वर्ष अघि पनि हामीले आफ्नो भाग्यको फैसला गरेकै हो । फेरि एकपटक मतदान गर्ने शौभाग्य जुट्दै छ । मतदान सबैभन्दा ठुलो दान हो । कन्यादान, जग्गादान र रक्तदान गर्दा जति पुण्य कमाईन्छ त्योभन्दा धेरै पुण्य मतदान गर्दा कमाईन्छ भन्ने भनाई छ । त्यसैले मतदान गर्दा विवेक पु¥याउन जरुरी देखिन्छ ।
पहिलो कुरा विगत पाँच वर्षको पल – पल समीक्षा हुन आवश्यक छ । हाम्रो भोटले बनेका जनप्रतिनिधिले चुनावमा भोट माग्दा के – के प्रतिबद्धता व्यक्त गरेका थिए ? त्यसमध्ये के – के पूरा गरे ? चाहिने काम के – के गरे र नचाहिदो काम के – के गरे ? जनप्रतिनिधि बनेपछि सबैको साझा बने कि पार्टीकै मात्र बने ? एकपटक ठण्डा दिमाखले सौचौ त !
दोस्रो कुरा स्थानीय स्तरका आवश्यकताहरु के – के हुन ? त्यसमध्ये तत्काल पूरा गर्नु पर्न आवश्यकताहरु के – के हुन् ? हाम्रा आवश्यकता पूरा गर्न उपयुुक्त पात्र वा उम्मेदवार को हो ? अब खुला वहश हुन जरुरी छ ।
उम्मेदवार बन्छु भन्ने पात्रले पनि आफ्नो योजनाको खाका प्रष्ट रुपले जनता सामु ल्याएर खुला छलफल गराउन जरुरी छ ताकि उपयुक्त पात्र रोज्न र आउदो पाँच वर्ष हामीले बारम्बार घोच्न पाइयोस् । “१०० वर्षमा पुरा हुने रेलको सपना देखाउनेलाई होइन १ वर्षमा पूरा हुने रियल सपना” देखाउने पात्रलाई मतदान गर्नु आजको आवश्यकता हो ।
तेस्रो कुरा स्थानीय सरकारको नाममा पनि विमति छ । वडा कार्यालय “बडाहरुको कार्यालय“ बनेको छ । गाउँपालिकाले गाउँ होईन “नेता र ठेकदार पालिका“ बनेको छ । नगर पालिकाको नाम फेरेर “गर पालिका“ बनाउनु पर्छ । नत्र जस्को नामै नगर छ उबाट गर्ने आश राख्नु बेकार छ ।
चौथो कुरा देशको ठेक्का लिएका राजनैतिक दलले पनि उम्मेदवार प्रस्तुत गर्दा उपयुक्त पात्र चयन गर्न नितान्त आवश्यक छ । कुन पात्रलाई अघि सार्दा जित सुनिश्चित हुन्छ र लोकप्रिय काम गर्छ त्यो विवेक दलले पु¥याउनु नै पर्छ । दलले के कुरा हेक्का राख्नु पर्छ भने कतिपय पात्र त रुख होइन साङ्गो जंगल, सुर्य होइन सिङ्गो सौर्यण्डल, हसियाँ र हथौड़ा होइन बन्चरो र घन, हलो होइन ट्याक्टर चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिए पनि हात लाग्यो शुन्य हुने निश्चित नै छ ।
टिकट दिने दलले गुट – उपगुट, नातावाद – कृपावाल भन्दा माथि उठेर टिकट दिने र मतदाताले पनि पार्टी भन्दा माथि उठेर नातावाद – कृपावाद त्यागेर मतदान ग¥यौं भने मात्र हाम्रो सपना पूरा हुनेछ ।
नत्र विगतमा जस्तै भेडाबाख्रा जस्तै आफ्नो मोलटोल गरेर, एक छाक मासुभात र एक वोटल खोया बिर्काेमा आफ्नो मत खेर फाल्यौ भने पछुताउनु बाहेक अर्को विकल्प छैन । याद गर्नुस् जति नै सत्तोसराप गरे पनि हामीले रोज्ने राजनैतिक दल कै प्रस्तुतिलाई हो, जुन कुरा एमसिसिले प्रष्ट पारिसकेको छ ।
सबै खराव भएपनि खराव मध्येको राम्रो रोज्ने हो किनकि हामीलाई राजनैनिक दलले दलदलमा फसाइसकेको छ, बन्धक बनाएको छ नत्र नेता भन्दा लोकप्रिय कलाकारले आफ्नो नाम “सुर्यकुमारी” हो भन्दै फलाक्नु पर्ने थिएन ।
“घुमिफिरी रुम्जाटार“ भने झै प्रश्न हामी मै तेर्सिन्छ । मतदान गर्ने नगर्ने भन्नेमा हामी स्वतन्त्र छौं । “नो भोट” को वकालत पनि गर्न सक्नुहुनेछ । मतदान गर्ने निर्णयमा पुग्यौं भने पनि मतदान गोप्य हुन्छ । त्यसैले हामी मतपत्र समातेर जव लाईनमा उभिन्छौं त्यति बेला गम्भीर भएर सोच्न जरुरी छ ।
उचित निर्यण लिनु पर्ने हुन्छ नत्र भने कहिकतै भित्तामा “तेरो भविष्य तेरो हातमा” छ भने जस्तै नहोला भन्न सकिन्न । त्यसैले दायाँबायाँ नलागी, हल्ला र भ्रमलाई चिर्दै छातिमा हात राखेर “नेपाल आमा”लाई सम्झेर मतदान गर्नुस् । आफ्नो ठाउँ आफै बनाउनुहोस् । दोहो¥याएर याद गर्नुस्–“बैशाख ३०–तपाईंको हातमा छ ।“
अस्तु ।