म्याग्दीमा खाना पकाउने किचनमा आगो बाल्ने क्रममा वा अन्य असावधानीका कारण ग्यास सिलिण्डरबाट आगो लागेको घटना घट्ने गरेको छ । सहरबजारमा मात्रै ग्यासमा खाना पकाउने चलन अहिले म्याग्दीका अति विकट बस्तीहरूमा समेत पुगेको छ । खाना पकाउन दाउराको विकल्पको रुपमा अहिले ग्यास अधिकांसको घरभित्र हुन्छ ।

खाना पकाउन सजिलो हुने भएकाले दाउराको प्रयोग हराइसकेको अवस्थामा ग्यासलाई प्रयोग गरेपनि सामान्य ज्ञानको अभावका कारण ग्यासबाट सल्किने आगोले धनजनको क्षति हुने जोखिम रहन्छ । त्यसरी ग्यास सिलिण्डरमा आगलागी भइहाले के गर्ने भन्ने बारेमा सोमबार म्याग्दीको सदरमुकाम बेनीमा नेपाली सेनाले नमुना प्रस्तुत गरी देखाएको छ ।

खुल्लामञ्चमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको विपद् ब्यवस्थापन पूर्व अभ्यासको क्रममा एउटा औंलाले निभाउन सकिने देखि अन्य घरेलु विधिका बारेमा समेत विद्यार्थीलाई नै डोमो गर्ने गरी अभ्यास गरिएको थियो ।

सिलिण्डरमा सल्किएको आगो निभाउन सकिने सजिलो उपाय भएपनि त्रसित भएर भाग्दा एउटा सिलिण्डर बिष्फोट भए सिंगो समुदायलाई नै असर गर्ने भएकाले सेनामार्फत अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ अर्जुन शर्माले बताउनुभयो ।

नेपाली सेनाका तीन जवानले सिलिन्डरको रेगुलेटरबाट पाइप छुटेर आगलागी भएमा नआत्तिकन औँलाले थिचेर आगो निभाउन सकिने, रेगुलेटरको चिसो ग्यास बाहिर निस्कँदा आयो र रेगुलेटरबीच औँलाले छेक्ने, सिलिन्डरबाट पाइप निस्केर आगो तन्ना, ब्लांकेट वा अन्य कपडाले छोप्दा हावा भित्र जान नपाएपछि निभ्ने ।

आगलागी भएको तत्कालै सिलिण्डरसम्म नपुग्ने भएकाले ग्यास पाइपको मुखमा औँलाले थिची आगो निभाउने, आगो निभ्नेबित्तिकै रेगुलेटर पनि अफ गरिहाल्नुपर्ने जस्ता सावधानका उपायहरु जानकारी गराइएको थियो । विद्यार्थीकै उपस्थितीमा गराएकाले सचेतना फैलाउन सहज हुने बताइएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना शसस्त्र र प्रहरी सहितको टोलीले कृत्रिम आगो लगाएर स्याउला, घरमा भएको पानी र दमकलसम्मको प्रयोग गरेर सेनाले आगो नियन्त्रणमा लिन सकिने विभिन्न उपायका बारेमा नमुना अभ्यास फलदायी भएको अवलोकनमा सहभागी विद्यार्थीको भनाई थियो ।

Leave a Reply