आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) ले मंगला गाउँपालिका अध्यक्षमा सतप्रसाद रोकालाई अध्यक्षमा सर्वसम्मत टुङ्गो लगाएको छ । मंगला गाउँ कमिटी अध्यक्ष समेत रहनुभएका रोकाले अगाडी सारेका अधुरा काम पुरा गर्ने गरी सर्वसम्मत अध्यक्षको उम्मेदवारको रुपमा अगाडी सारिएको नेकपा एमाले मंगला गाउँ कमिटीले जनाएको छ ।

उपाध्यक्षमा पनि पुनः सिर्जना केसीको दावी रहेको छ भने अर्की नेतृ पेपा अधिकारी समेत आकंक्षी देखिनुभएको छ  उपाध्यक्षको उम्मेदवारीमा भने हालकै उपाध्यक्ष सृजना केसी र पालिका कमिटी उपाध्यक्ष पेमा अधिकारीको दावि रहेकाले टुङगो लगाईएको छैन । त्यस्तै मंगलाका ३ र ४ वडा बरंजाको वडा अध्यक्षको उम्मेदवार पनि सर्वसहमतिबाट चयन गरिएको छ ।

मंगला ३ मा हालकै वडा अध्यक्ष कविन्द्र रोकालाई अध्यक्षको उम्मेदवार बनाइएको छ भने वडा नं ४ मा थमप्रसाद रोकालाई उम्मेदवार चयन गरिएको पालिका कमिटी उपसचिव दर्पण रोकाले जानकारी दिनुभयो । मंगला १ कुँहुमा भने यसअघिनै वडा कमिटी अध्यक्ष एकजित रोकालाई अध्यक्षको उम्मेदवार बनाईएको छ । वडा नं २ र ५ मा पनि यथाशिघ्र उम्मेदवार चयन गरि चुनावी प्रचारको अभियान संचालन गरिने नेकपा एमाले मंगला गाउँपालिका कमिटीले जनाएको छ । अन्य दलहरुले भने मंगलामा अझै सम्म पनि उम्मेदवारको टुङगो लगाएका छैनन् ।

 

 

Leave a Reply