म्याग्दी जेसीजले आयोजना गरेको उत्कृष्ट फोटोग्राफी प्रतियोगीतामा ४ जना फोटोग्राफर पुरस्कृत भएका छन । बुधबार जेसीज सभाहलमा आयोजित नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारि उत्कृष्ट फोटोग्राफर छवि आचार्य, कृष्णराज पौडेल, उपेन्द्र गिरी र पूर्ण जुग्जालीलाई नगद र सम्मान पत्र सहित पुरस्कृत गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरु, सांस्कृतिक पहिचान झल्किने मौलिकता बोकेका फोटो तथा ओझेलमा परेका ठाउँको फोटोलाई प्रतियोगीतामा समावेश गरिएको थियो । चैत महिना भरि प्राप्त १२ जना सहभागीहरुको फोटोमध्यबाट उहाँहरुलाई उत्कृष्ट ४ मा छनौट गरि पुरस्कार प्रदान गरिएको प्रतियोगीताका संयोजक दिनेश कुमार विश्वकर्माले बताउनुभयो ।

त्यस्तै म्याग्दी जेसिजले प्रकाशन गरेको नयाँ बर्ष २०७९ को बार्षिक भित्तेपात्रो पनि विमोचन गरिएको छ । भित्तेपात्रोको म्याग्दी जेसिजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, उत्तम कुमार कर्माचार्य, विनय श्रेष्ठ, भिमसेन बराईली लगायतका पूर्व अध्यक्षहरुले विमोचन गर्नुभएको हो ।

Leave a Reply