बेनी नगरपालिका-३ भकिम्ली र छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जाको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगामा नयाँ बर्ष २०७९ को पहिलो दिन आन्तरिक पर्यटकको घुईचो लागेको छ । म्याग्दी र बागलुङबाट एकैपटक पुगेका पर्यटकले बेलढुंगामा खचाखच भीड लागेको थियो।

बेलुढुंगामा दिनभरी घुम्न आउनेहरुको अत्याधिक भिड देखिएको त्यहाँ पुगेका भलिबल खेलका प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो ।‘दिनभरी टेक्ने ठाउँ थिएन्,‘टिकटक बनाउन आउनेहरुको भिड थियो’ बानियाँले भन्नुभयो । पछिल्लो समय पूर्वाधार विस्तार भएकाले पनि घुम्न आउनेको संख्या छ ।

कुनै समय सुनसान जस्तै बेलढुंगामा भकिम्ली र धम्जातर्फबाट सडक सञ्जाल पुगेको छ भने पक्की पदमार्ग, बेलढुंगामा बनेको संरचनाले समेत सहज भएको छ । ‘आज घुम्न आएको जस्तौ भिड अहिलेसम्म देखिएको थिएन्,‘हामी हरेक बर्ष यहाँ आउँछौ’ जयन्ती माविका शिक्षक डेकबहादुर घर्तीमगरले भन्नुभयो ।

नयाँ बर्षको दिन भकिम्लीका वडा अध्यक्ष पदम पुन सहितको टोली समेत बेलढुंगामा पुग्नुभएको थियो ।हरेक नयाँ बर्षको पहिलो दिन भकिम्लीको स्वार्गाआश्रममा रथयात्रा हुने भएकाले समेत धम्जातर्फबाट समेत पूजाआजा गर्न आउने र घुम्न जाने समेत एकैपटक भएकाले अत्याधिक भिड देखिएको आश्रम ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो ।

बेलढुंगामै फराकिलो संरचना,बनभोजस्थल सहित समुहमा गएर रमाईलो गर्ने स्थानहरु भएकाले समेत घुम्न जानेहरुलाई सहज भएको छ ।बेलढुंगाबाट म्याग्दीका अधिकांस भूभागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देखिने बेनपा–३ का वडा सदस्य रत्न जिसीले बताए ।‘धार्मिकस्थल स्वर्गाआश्रमबाट करिव ४५ मिनेटको दुरीमा छ ।

चट्टानबाट अवलोकन गर्न सकिन्छ’ उनले भने । बेलढुंगा आसपासको क्षेत्रबाट धौलागिरि,गुर्जा,चुरेन,निलगिरी लगाएतका एकदर्जन हिमश्रंखला,लालीगुराँसको घना जंगल,बन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्यहरू देखिन्छ । आधादशक अगाडीसम्म बेलढुंगामा पुग्न भिरालो जमिनमा डोरी जस्तै बनेर बसेका नियालोको साहरा लिनुपर्ने अवस्था थियो भने अहिले चुचुरोमै पदमार्ग पुगेको छ ।

प्राचिनकालमा तपस्या गर्ने गएका सप्त ऋषीहरुले तपस्या गर्ने क्रममा ठुला पत्थरमा बनाएको बाटो हुदै पुगिने उक्त ठाउँलाई सप्त ऋषी बेलढुङ्गा समेत भन्ने गरिन्छ । स्वर्गाआश्रम देखी बेलढुंगासम्म २ सयबर्ष अगाडीसम्म तपस्या गर्ने स्थानहरु अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ।जोखिमपूर्ण तरिकाले पुगेपनि फर्कने बेलामा सहज हुने गरेको स्थानीयले बताउँछन् ।

Leave a Reply