५८ मेगावाटको तिप्ल्याङ्ग  जलविद्युत आयोजना निर्माण हुने भएको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकामा पहिचान भएको आयोजना तिप्ल्याङ्ग कालिगण्डकी हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको हो । अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतित्रि दिन ३५ लिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ । विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।

विभागले सूचना जारी भएको  मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ।सरोकारवालाले राय/सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ। आयोजनाको मुख्य संरचना खोलाको बायाँ किनारमा रहनेछ ।

आयोजनाबो बाँध बाधी ५ हजार ८ सय ७८ मिटर लामो हेडरेस सुरुङ र १५० मिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा २ वटा टर्वाइन जडान हुनेछ । टर्वाइनमा जडान भएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गरिनेछ । आयोजनाबाट वार्षिक ३३५.३७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत १३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । ऊर्जा खबर 

Leave a Reply