नेकपा एमालेले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका म्याग्दीका चार वटा गाउँपालिका अध्यक्ष र ३७ वटा वडा अध्यक्षका उमेद्वार छनौट गरेको छ । मंगला, मालिका र रघुगंगा गाउँपालिकामा अध्यक्ष तथा अन्नपूर्णमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेद्वार सर्वसम्मत छनौट भएका छन।

मंगलामा सतप्रसाद रोका, रघुगंगामा प्रेमबहादुर कार्की र अन्नपूर्णमा भरत पुन अध्यक्ष र मालिकामा बेग प्रसाद गर्बुजा तथा अन्नपूर्णको उपाध्यक्षमा दिवा पुन, रघुगंगाको उपाध्यक्षमा याम कुमारी गर्बुजालाई उपाध्यक्षको उमेद्वारको टुङ्गो लागेकोे नेकपा एमालेका सचिव सुरत केसीले बताउनुभयो । धौलागिरी र बेनी नगरपालिकामा अध्यक्ष र उपाध्यक्षका लागि ४÷४ जनाको नाम सिफारिस भएको छ ।

त्यस्तै उपाध्यक्षका लागि मालिकामा ३ जना मंगलामा २ जनाको नाम सिफारिस भएर आएकोमा आइतबार बस्ने जिल्ला सचिवालयको बैठकले राय सहित प्रदेशमा पेश गर्ने र प्रदेश कमिटिको ७ गतेको बैठकले टुङ्गो लगाउने सचिव केसीले बताउनुभयो । त्यसैगरी एमाले जिल्लामा रहेका ४५ वटा वडामा ३७ वटा वडा अध्यक्षको टुङ्गो लगाएको जनाएको छ । बेनी नगरपालिकाको १० वडा मध्ये २ र ५ बाहेकमा टुङ्गो लागेको छ । मंगलामा २ र धौलागिरीमा ४ वटा वडा सोमबार दिउँसोसम्म टुंगो लाग्ने नेकपा एमालले जनाएको छ । उम्मेदवारी छनौट नभएका वडामा एमालेले चुनावी अभियानलाई तिब्रता दिइरहेको छ ।

 

Leave a Reply