बरंजा भकिम्ली माईती कुटुम्ब समाज काठमाण्डौले बेनपा–३, भकिम्लीकी क्यान्सर पीडित र डाँडाखानीमा चिहानस्थल बनाउन आर्थिक सहयोग गरेको छ । काठमाण्डौमा रहेर सामाजिक तथा मानवीय सेवामा सक्रिय समाजले क्यान्सर पीडित मिना सुनारलाई ३० हजार, र दाहसंस्कार स्थल बनाउन ५० हजार सहयोग गरेको समाजका अध्यक्ष कमल पुनले बताउनुभयो ।

क्यान्सर पीडित सुनारको उपचारमा विभिन्न देशमा समेत समन्वय गरेको संस्थाले मृत्युपछि शब जलाउने स्थलको ब्यवस्थापनमा समेत सहयोग गरेको अध्यक्ष पुनको भनाई छ ।

साविकको भकिम्ली गाविस हाल बेनी नगरपालिका वडा नं ३ र बरंजा गाविस हाल मंगला गाउँपालिका वडा नं ३ र ४ वडाबासीको सक्रियतामा स्थापना भएको समाजले सामाजिक तथा परोपकारी कार्यमा सक्रिय छ ।

प्राकृतिक विपत्ती, धार्मिक तथा अन्य कार्यमा सक्रियतापुर्वक लाग्ने गरेको समाजले स्थापनकाल देखी विभिन्न सामाजिक कार्यमा सहभागिता जनाएको छ ।

Adv

Leave a Reply