वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको सह–आयोजनामा आगामी बैशाख १६ र १७ गते बेनी अस्पतालमा हुने छ ।

म्याग्दी र छिमेकी जिल्लाका बिरामीलाई लक्षित गरी शिविरको आयोजना गरिएको शिविरका संयोजक हरिकृष्ण गौतमले बताउनुभयो। शिविरमा स्कुले विद्यार्थीलाई छुट्टै परिक्षण सहित मुटुमा समस्या देखिएकाहरूको पहिचान गरी उपचारमा सहयोग पु¥याउने गरीगाउँ–गाउँमा पुगेर प्रचारप्रसार समेत गरिने संयोजक गौतमले बताउनुभयो ।

बेनी अस्पताल, म्याग्दी जेसीज, लायन्स क्लव अफ बेनी पिस सिटी सहित विभिन्न संघसंस्था स्थानीय सरकारहरुको समन्वयमा शिविर गरिने ओमकुमारी शान्ति कोषका कार्यालय प्रमुख डकबहादुर रोकाले बताउनुभयो । उहाँले शिविरका लागि जिल्ला शिक्षा समन्वय इकाई मार्फत सबै विद्यालयमा जानकारी सहित कोषमार्फत हालसम्म सहयोग गरिएकालाई जानकारी गराइएको छ ।

शिविरमा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञका साथै यूरोपेली मुलुक इटालीबाट समेत मुटुरोग विशेषज्ञ गरी करिब ४० जना चिकित्सक, स्वास्थ्यकर्मीको उपस्थिती हुने छ । सेभ द हार्टका महासचिव शेरबहादुर रानाले मुटुको शल्यक्रिया गर्नुपर्ने वा थप उपचारका लागि काठमाण्डौमा जानुपरेमा संस्थाले सहयोग गर्ने बताउनुभयो ।

मुटु रोगको बारेमा सचेतना र रोगवारे जान्ने अवसर समेत हुनेभएकाले शिविरमा आएर चेकजाँच गर्न समेत अनुरोध गरिएको छ । शिविरमा निशुल्क इसिजि, निशुल्क कार्डियोग्राफी सेवा, निशुल्क औषधी वितरण, १८ वर्ष माथिका विपन्नलाई उपचारमा आवश्यक सहयोग समेत गरिनेछ ।

Leave a Reply