म्याग्दीको सुरक्षा निकाय सहित स्वास्थ्य संस्थालाई २४ हजार मास्क र एक थान अक्सिजन कन्सन्टेटर वितरण गरिएको छ । गैर आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका (टिका) गुरुङको पहलमा बेनेभोलेन्स च्यारिटी हल लिमिटेड हङकङले उपलब्ध गराएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीलाई ६ हजार, जिल्ला प्रशासन कार्यालय ३ हजार, नेपाली सेना ३ हजार, शसस्त्र प्रहरी बल ३ हजार र राष्ट्रिय अनुसन्धान कार्यालयलाई ३ हजार मास्क हस्तान्तरण गरिएको थियो ।

त्यस्तै धवलागिरी गाउँपालिका वडा नं ७ धारापानी स्वास्थ्य संस्था र ताकम अस्पताललाई ६ हजार मास्क र अति विकट गुर्जा स्वास्थ्य चौकीलाई १ थान १० लिटरको अक्सिजन कन्सन्टेटर वडा अध्यक्ष झकबहादुर छन्त्यालको संयोजनमा कमल छन्त्याललाई हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रजिअ चिरञ्जीवि राना लगायत चारवटै सुरक्षा निकायका प्रमुख, मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन, मोना हङकङका सचिव ज्ञानेन्द्र थापाको उपस्थिती रहेको थियो ।

यसअगाडी समेत एनआरएनए आइसीसी सचिव गुरुङले म्याग्दीमा ६ वटा अक्सिजन कन्सन्टेटर सहित विभिन्न संघसंस्थालाई मास्क वितरण गर्नुभएको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो ।

Leave a Reply