अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

भकिम्लीबाट स्वतन्त्रमा विप्लव नेकपाको उम्मेदवारीको घोषणा

On: April 19, 2022 10:27 AM
Follow Us:

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले म्याग्दीमा स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ । निर्वाचन कार्यालय म्याग्दीमा दर्ता नभएको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा प्यानलै खडा गरी स्वतन्त्र उम्मेदवारी दिएको छ ।

नेकपाको वडा अध्यक्षमा पूर्ण काउचा, सदस्यहरू राम किसान, पदम पुन, दलित महिला सदस्य गंगा विक, खुल्ला सदस्यमा गुमानि गर्बुजा रहेको वडा सदस्यका उम्मेदवार राम किसानले बेनीअनलाइनलाई जानकारी दिनुभयो।‘अहिले वडास्तरमा चुनाव चिन्ह नभएपनि घरदैलो अभियान गछौं,‘चिन्ह पाएपछि पुनः घरघरमा जान्छौ’ किसानले भन्नुभयो।

वडा अध्यक्षका उम्मेदवार काउचा स्थानीयस्तरमा सामाजिक कार्यमा समेत सक्रिय ब्यक्त हुनुहुन्छ। बेनी नगरपालिकामा बिप्लवको सबैभन्दा राम्रो जनमत भकिम्लीमै छ । नेकपाले स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल हुने सक्ने संकेत देखिएपनि एक्लै निर्वाचन जित्न सकिने दावी समेत गरेको छ ।

चुनावी तालमेल गर्ने विषयमा पनि नेकपा भकिम्लीमा एकमत भएकाले पनि अहिले कुनै निर्णय नभएको जनाइएको छ । भकिम्लीलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशिल निर्वाचन केन्द्रमा राखेको छ । निर्वाचनको माहोलमा स्थानीय चुनावमा होमिएकाले सोचेजस्तो चुनावी परिणाम ल्याउन कठिन भएपनि म्याग्दीमा नेकपाले पहिलोपटक निर्वाचनमा सहभागिता जनाएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।