---Advertisement---

नेविसंघ म्याग्दीले बालगृहका बालबालिकाई सहयोग गरी स्थापना दिवस मनायो

On: April 19, 2022 10:40 AM
Follow Us:

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा खाद्यान्न र शैक्षिक साम्रागी वितरण गरिएको छ ।

स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यतामा बालगृहमा आश्रित बालबालिकालाई साम्रागी हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेसका पार्टी सभापति गर्बुजाले नेपाल बाल संगठनका सचिव सन्दिप खत्रीलाई साम्रागी हस्तान्तरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेविसंघका पूर्व अध्यक्ष एवम् नेका जिल्ला सचिव भरत रकाल, नेविसंघका जिल्ला अध्यक्ष निर्मल खत्री, सचिव विशाल खत्री,तरुण दल म्याग्दीका उपसभापति सोहन श्रेष्ठ, नेविसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाई सभापति सुजता खत्री लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला सभापति खत्रीले नेविसंघले विद्यार्थी लक्षित कार्यक्रमहरु सञ्चालनमा थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँले केन्द्रिय सर्कुलर अनुसार अब ३० प्रतिशत राजनीति र सुशासन र बाँकी विद्यार्थीको मुद्दामा केन्द्रित हुने लक्ष्य रहेको बताउनुभयो ।