म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति कुवेतका कोषाध्यक्ष कृष्णप्रसाद खड्काको रक्तचापबाट मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारका खड्काको मंगलबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोना अन्तराष्ट्रियका सचिव सुवोध बरुवालले उच्च रक्तचापले बेहोस भएपछि तत्कालै अस्पतालमा लगिएपनि जोगाउन नसकिएको बताउनुभयो । मृतक खड्का मोना अन्तराष्ट्रियका कार्यसमिति सदस्य समेत हुनुुहुन्छ ।

कुवेतबाट करिब एक महिना अगाडी नेपाल आउनुभएका खड्काको असामयिक निधनप्रति मोना आइसीका अध्यक्ष अमर छन्त्याल र महासचिव हरि राम्जालीले भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गदैं शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होओस् भन्ने कामनाका साथ हार्दिक समवेदना प्रकट गर्नुभएको छ । मृतक खड्काले कुवेत तथा जन्मभूमिमा समेत विभिन्न सामाजिक कार्यमा सक्रियापूर्वक सहभागिता जनाउने गर्नुहुन्थ्यो ।

 

Leave a Reply