आसन्न स्थानीय तहको निर्वाचनका लागि हालसम्म म्याग्दीमा क्रियाशिल राजनीतिक दलले टुङ्ग्याएको वडा अध्यक्षको उम्मेदवारमा पुरुष उम्मेदवार नै हाबी भएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष सहित टिम धमाधम सार्वजनिक गर्दा महिला र दलित महिला सदस्य बाहेक वडा अध्यक्षमा पुरुषकै बचस्व रहेको बेलामा म्याग्दीको मंगला गाउँपालिका-४ मा नेकपा एमालेले वडा अध्यक्षमा महिलालाई अगाडी सारेको छ ।

सञ्चारमाध्यममा धमाधम पुरुष उम्मेदवारका तस्वीर छरपष्ट हुदाँ नेकपा एमाले वडा कमिटीको बैठकले लक्ष्मी बुढाथोकी रोका मगर वडा अध्यक्षकी उम्मेदवार बनाएको हो । महिला वडा अध्यक्षको उम्मेदवारमा बुढाथोकीले खाता खोल्नुभएको छ।

अध्यक्षका उम्मेदवार बुढाथोकी पार्टीको वडा कमिटी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघका जिल्ला सदस्य हुनुहृ्न्छ । कक्षा १२ उतिर्ण गर्नुभएकी बुढाथोकी शिक्षित, बैचारिक र क्षमतावान महिला हुनुहुन्छ । गाउँका विभिन्न सामाजिक गतिविधिमा अग्रसर बुढाथोकीको क्षमता, क्रियाशिलता र योग्यतालाई समेत ध्यानमा राखेर वडा अध्यक्षको उम्मेदवार चयन गरिएको वडा कमिटीले जनाएको छ ।

वडाको नेतृत्वमा पुरुषलाई नै अगाडी सार्ने तयारीमा बुढाथोकीले समेत इच्छा ब्यक्त गरेपछि सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनाइएको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् मंगला–४ का ईन्चार्ज कलाधर कडेँलले जानकारी दिनुभयो । उक्त वडामा यसअगाडी माओवादी केन्द्रबाट ओमबहादुर रोकाले ३१८ मत लिएर विजय हुनुभएको थियो ।

वडा अध्यक्ष रोकाको मृत्यु भएपछि हाल महिला वडा सदस्यले कार्यवाहक वडा अध्यक्षको जिम्मेबारी सम्हाल्नुभएको छ । माओवादी केन्द्रले समेत वडा नं ४ मा महिलालाई अध्यक्षको प्रत्यासी बनाउने तयारी गरेपछि उम्मेदवार टुंगो लगाएको छैन् । यसपटक वडामा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच प्रतिस्पर्धा हुने छ । १ मतदान स्थल र २ मतदान केन्द्र रहेको मंगला ४ मा १ हजार ३ सय ९८ मतदाता रहेका छन ।

Leave a Reply