म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै गठबन्धन गरी बाडफाँटमा  शुक्रबार सहमति जुटेको छ ।  गाउँपालिकामा ७ वटै वडातहसम्म तालमेल गर्ने गरी सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबिच स्थानीय तहको प्रमुख र उपप्रमुख, वडा अध्यक्षको सिट बाँडफाँट गरी भागबन्डा टुंग्याइएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिरा पुनले बेनीअनलाइनलाई बताउनुभयो ।

दुई राजनीतिक दलबीच भएको लिखित सहमतिअनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रेम पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा नं १ गूर्जा, वडा नं ६ मराङ र वडा नं ७ ताकमको वडा अध्यक्ष माओवादी केन्द्रले केन्द्रले पाएको छ भने नेपाली कांग्रेसले वडा नं २ लुलाङ, वडा नं ३ मुना, वडा नं ४ मुदी र वडा नं ५ मल्कवाङ लिने सहमति भएको गठबन्धनका जिल्ला संयन्त्रले जनाएको छ ।

वडाभित्रका सदस्य र कार्यपालिका सदस्यसम्मको टुंगो शनिबार लगाइने छ । ‘वडातहसम्मै सहमतिले सहज भएको छ,‘हरेक वडामा दलिय उपस्थिती हुन्छ’ एक नेताले भन्नुभयो । सोही पालिकामा एकिकृत समाजवादीलाई समेत समावेश गर्ने गरी थप छलफल भइरहेको छ ।

म्याग्दीका अन्य स्थानीय तहमा तालमेलको प्रयास भएपनि सहमति नजुट्दा समस्या भइरहेको अवस्थामा धवलागिरीबाट सहमति जुटेकाले थप छलफलका लागि सहज भएको गठबन्धनमा आवद्ध दलको भनाई छ । जिल्लाको मालिका गाउँपालिक सहित अन्य पालिकामा मित्रवत् प्रतिस्पर्धाको सम्भावना रहेको छ । मिलेन र मित्रवत् प्रतिस्पर्धा हुने भएमा एउटै मञ्चबाट मत माग्नेसम्मको वातावरण बनाउन समेत दल सकारात्मक छन् ।

Leave a Reply