एकिकृत समाजवादी म्याग्दीले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा बेनी नगरको मेयरमा कृष्णकुमार विश्वकर्मालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

समाजवादी बेनी नगर कमिटीको बैठकले पार्टीको तर्फबाट बेनी नगरपालिकाको मेयर पदका लागि पार्टी अध्यक्ष तथा युवा नेता  विश्वकर्मालाई चयन गरिएको सचिवालय सदस्य वसन्त बानियाँले बताउँनुभयो । बानियाँका अनुसार बेनी नगरपालिका-२ को वाड अध्यक्षका लागि कुल बहादुर थापा, बेनपा–५ चनबहादुर पाइजा, बेनपा–६, महेन्द्र बानियाँ  र १० का लागि मुक्ति पाइजा चयन भएका छन् ।

अन्य वडा र पालिकाहरुमा पनि उम्मेदवार चयन हुने क्रम जारी रहेको छ । गठबन्धन र तालमेलक लागि सबै विकल्पहरु खुल्ला राख्दै समाजवादी म्याग्दी उम्मेदवार छनोटमा जुटेका हो । साथै आज बसेको बैठकले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले खेलेको भूमिकालाई धन्यवाद समेत दिएको छ ।

युवाहरुलाई रोजगारी, गुणस्तरीय स्वास्थ्य र वैज्ञानिक शिक्षा, शुसासन र पारदर्शिताका मुद्दाहरु उठाएर एकीकृत समाजवादी चुनावी मैदानमा ओर्लिएको छ । ३० गते हुने स्थानीय तहको चुनावमा युवाहरुको आकर्षण बढिरहेको छ भने स्वतन्त्रमा उम्मेदवारी दिनेहरुमा पनि युवाहरु नै अगाडि रहेका छन् ।

Leave a Reply