राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीका राजनीतिक दलको सर्तमा चुनावी तालमेल नगर्ने संकेत गरेको छ ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित निर्वाचन लक्षित भेलामा तालमेलको छलफल भएपनि सम्मानजनक नहुने संकेत देखिएकाले सबै स्थानीय तहमा उम्मेदवार उम्मेदवार खडा गर्ने निर्णय गरेको जिल्ला कार्यसमिति सह–सचिव देबेन्द्रबहादुर घिमिरले जानकारी दिनुभयो ।

‘अस्पष्ट कुरा गरेर अल्झाउने, अनावश्यक सर्त राखिएकाले अब एक्लै निर्वाचनमा जाने निर्णय भएको छ’ सहसचिव घिमिरेले भन्नुभयो । जिल्लाभित्र तालमेलका लागि राप्रपाले विगतका निर्वाचनमा जस्तै सम्मानजनक उपस्थिति हुनुपर्नेमा जोड दिएको छ । भेलालाई सम्बोधन गदैं पूर्वराज्य मन्त्री भिमप्रसाद गौचनले राप्रपा पुरानो शक्ती भएकाले मतदातामाझ एक्लै जान तयार रहेको बताउनुभयो ।

‘म्याग्दीमा उतिबेला हामीले गरेका विकास निर्माण अझै छन,‘म्याग्दी बनाउन राप्रपाको योगदानका बारेमा नयाँ मतदातालाई बुझाउनुपर्छ’ पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका गौचनले भन्नुभयो ।

म्याग्दीका नयाँ पुस्ताले राप्रपाले जिल्लामा विगतमा गरेका कामका बारेमा जानकारी मात्रै गराउन सकेमा लहर आउने गौचनको भनाई थियो । सोही अवसरमा पुर्वमन्त्री जगत गौचनले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि तयार रहेपनि अर्को दलको चुनाव चिन्हबाट पार्टीले निर्वाचनमा सहभागिता नजनाउने बताउनुभयो ।

‘सबैभन्दा लोकप्रिय चिन्ह हलो नै छ,‘अरू चिन्हमा चुनावमा जाँदा हाम्रो अस्तित्व थप संकटमा पर्छ’ गौचनले भन्नुभयो । भेलामा राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुर थापाले बेनी नगरपालिका र गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष, सदस्यहरूका नाम आएकाले शनिबारसम्म उम्मेदवार छनौट गरिसक्ने बताउनुभयो । ठूला दलको राष्ट्रघातविरुद्ध राप्रपालाई साथ दिन समेत मतदातालाई अपिल गर्नुभएको छ ।

भेलामा सहभागी जिल्लास्तरीय नेता तथा कार्यकर्ताले अन्य दलसँग तालमेल गर्दा मतदाता घट्ने गरेको बताउँदै आफ्नै चुनाव चिन्हमा एकल उम्मेदवारी दिई पार्टी जोगाउनुपर्नेमा जोड दिएको पार्टीका सहसचिव एवम् बेनी नगरपालिका संयोजक घिमिरेले बताउनुभयो । बेनी नगरपालिका भित्र केही वडा बाहेक सबैमा उम्मेदवार तयारी अवस्थामा छन भने मंगला, मालिका, धवलागिरी,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट आएको उम्मेदवारको सूचीलाई शनिबारसम्म टुंगो लगाउने जनाइएको छ ।

Leave a Reply