४ बर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका एक यूवा पक्राउ परेका छन् । छिमेकी जिल्ला पर्वत जलजला गाउपालिका–३ वारीबेनीमा डेरा गरी बस्ने बेनी नगरपालिका-४, घर भएका २२ बर्षिय सन्देश छिनालले बिहिबार करिब ७ बजे नाबालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई जवरजस्ती गरी बेहोस बनाएको अवस्थाको अवस्थामा आफन्तले उद्धार गरी बेनी अस्पतालमा लगेका थिए । जवरजस्ती करणीको सूचनाको आधारमा प्रहरी चौकी वारीवेनी पर्वतबाट प्रहरी सहायक निरीक्षक बिराज ढकालको नेतृत्वमा गएको प्रहरीको टोलीले छिनाललाई नियन्त्रणमा लिइएको थियो। पीडित बालिकाको अवस्थामा समान्य रहेको छ ।

अभियुक्त छिनाललाई जिल्ला प्रहारी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रकाश राउतले घटनाको अनुसन्धान गरी थप अनुसन्धान तथाकरणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरिएको पर्वत प्रहरीले जनाएको छ । अभियुक्त छिनाललाई पर्वत जिल्ला अदालबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Leave a Reply