आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिन बालगृहका बालबालिकासंग मनाएका छन् ।

तर, बेनी नगरपालिका–७, घर भई हाल बैदेशीक रोजगारीको शिलशिलामा अमेरिकामा रहेका सन्दीप श्रेष्ठ र छोरा श्यारोन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चालीत बालगृहमा रहेका ११ जना बालबालिकालाई २३ हजार रुपैंया मुल्य बराबरको दैनिक उपभोग्य सामग्री र स्टेशनरी सहयोग गर्नुभएको छ ।

जन्मदिनका कुनै नयाँ योजना नबनाई बालगृहमा सहयोग गर्ने गरिएको संगठनका अध्यक्ष राजे शाक्यले बताउनुभयो । जन्मदिनको अवसरमा हुने खर्चलाइ कटाएर अनाथ बालबालिकालाई सहयोग गरेर पुण्य आर्जन गरेकोमा सहयोगदातालाई धन्यवाद समेत दिइएको छ । बालगृहमा आश्रीत बालबालिकालाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले विभिन्न उत्सव र प्रितृको सम्झनामा सहयोग गर्ने गरेका छन् ।

Adv

Leave a Reply