म्याग्दीको धवलागिरी गाउँपालिका-५ मराङमा एक एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मराङ बुलकी टिका बिकलाई सुत्केरीपछि अचानक समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको मराङ स्वास्थ्य चौकीले जनाएको छ ।

नेपाल सरकारको सुत्केरी उद्धार कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सरकार,स्वास्थ्य निर्देशनाल पोखरा तथा जनसंख्या मन्त्रलयसँग आवश्यक समन्वय गरी उद्धार गरिएको स्वास्थ्य चौकीकी अनमी दालकुमारी गर्बुजाले बताउनुभयो । सुत्केरी महिलामा समस्या देखिएपछि अनमी गर्बुजा सहितको टोली घरमै पुगेर सेवा दिएको थियो ।

स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि प्रदेश सरकारसँग समन्वय गरी उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत पु्र्णबहादुर खत्रीले बताउनुभयो । नेपाल सरकारले गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार कार्यक्रम लागु गरेपछि म्याग्दीका ग्रामिण क्षेत्रमा बरदान सावित भएको छ । यो सेवा अन्तरगत म्याग्दीको विकट बस्तीका महिलाले समयमै उपचार पाएका छन् ।

Leave a Reply