---Advertisement---

बेनपा-२ लाई नमुना बनाउन यूवा नेता सम्राट सापकोटाको उम्मेदवारी घोषणा

On: April 25, 2022 11:39 PM
Follow Us:

बेनी नगरपालिका-२,आम्बोटका सम्राट सापकोटाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयन दर्ताका लागि सोमबार जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका सापकोटाले स्थानीय तहको नाममा अनियमितता, जनताको आवश्यकता भन्दा पहुँच, तलबी कर्मचारी मानसिकताका जनप्रतिनिधिबाट आजित भएर नमुना काम गर्ने गरी उम्मेवारी दिएको बताउनुभयो ।

सापकोटाले वडाभित्रका समस्याको पहिचान गरी नमुना वडा बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । ’अहिलेको भद्रगोललाई हटाउन चुनावी मैदानमा उत्रिएको छु,‘पहुँच होईन आवश्यकताको आधारमा बजेट विनियोजन सहितको योजना लिएर घरदैलोमा जान्छु’ सापकोटाले भन्नुभयो । सापकोटा अर्जून उच्च मावि भकुण्डेबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।