---Advertisement---

टिकट नपाएपछि नेकपा एमाले छाडेर राप्रपाबाट उम्मेदवार

On: April 25, 2022 11:44 PM
Follow Us:

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै म्याग्दीको नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षले मनोनयन अगाडि दल परिवर्तन गर्नुभएको छ । पुराना कम्यूनिष्ट नेता होमबहादुर थापाले एका–एक पार्टी नै परिवर्तन गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पालिका अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको हो ।

नेकपा एमालेका पुराना नेताको रुपमा चिनिने थापाले अन्य आकांक्षी भन्दा सहज रुपमा टिकट दिन सक्ने भएपनि नेतृत्वले अनुकूल व्यक्तिलाई उम्मेदवार छनोट गरेर आफ्नो योगदान भुलेको आरोप लगाउँदै गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राप्रपाबाट पालिका अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

मनोनयन दर्तामा जुटेका नेकपा एमालेका नेता, कार्यकर्ता समेत आफ्नै पालिका अध्यक्ष राजाबादी दलबाट उम्मेदवारी दिन आएपछि चकित परेका थिए ।‘मनोनयन दर्तामा सघाउन आउनुभएको जस्तो लागेको थियो,‘अर्को दलबाट उम्मेदवारी दिएर जानुभयो,‘नेतृत्वसँग असन्तुष्ट भएपनि सिद्धान्त नै नमिल्ने पार्टीमा जाँदा आश्चर्यमा परे’ मनोनयनदर्ता स्थलमा रहेका एक नेताले भन्नुभयो ।

‘पद्धतिअनुसार होइन, एक–दुई व्यक्तिको चाहना पुरा गर्ने काम भयो,‘अन्य पार्टीमा प्रवेश गरेर आफ्नो क्षमता देखाउनुपर्ने भयो’ नेता थापाको भनाई उद्धित गदैं एक यूवाले भने । पार्टीले टिकट वितरणमा पार्टीको मुल्याङ्कनमा ध्यान नदिएको आकांक्षी भएको जानकारी जिल्ला, प्रदेशमा हुदाँ समेत एक वचन नसोधिएको नेता थापाको गुनासो थियो ।

टिकटको आश्वासन दिएर पूरा नगरेपछि पार्टी परिवर्तन गर्न बाध्य भएका थापालाई राप्रपाबाट पालिकामा उठाउने निर्णय गरेर जिल्लाबाट आवश्यक साम्रागी पठाइएको थियो । यता पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनले राप्रपामा सबै पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गरिने बताउनुभयो । उहाँले राप्रपाले अन्य दलसँग तालमेल गरेपनि आफ्नै चुनाव चिन्हबाट मात्रै निर्वाचनमा सहभागी हुने बताउनुभयो । आसन्न बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा म्याग्दीमा समेत धमाधम पार्टी परिवर्तन भइरहेको छ।