स्थानीय तहको निर्वाचन–२०७९ मा म्याग्दीमा तीन पालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । जिल्लाका स्थानीय तहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार र सोमबारको मनोनयन दर्ता अवधिमा नेकपा एमालेको तर्फबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन,रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट मिना विक र बेनी नगरपालिका मेयर पदमा राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटाले उम्मेदवारी दर्ता गराएकी छन् । धवलागिरी गाउँपालिकाकी अध्यक्ष उम्मेदवार पुन अघिल्लो निर्वाचनमा समेत विजय भएकी थिईन् ।

नेकपा एमालेले पुनः अध्यक्षमा पुन मगरलाई दोहोराएको छ भने माओवादी केन्द्र र राप्रपाका दुबै उम्मेदवार स्थानीय तहको निर्वाचनमा नयाँ अनुहार हुन् ।बि.स २०७४ सालको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी बेनी नगरमा उपमेयर जितेको राप्रपाले यसपटक आफ्नै चिन्हबाट निर्वाचनमा सहभागी हुन मेयर र उपमेयर नै मैदानमा उतारेको छ ।

राप्रपाले मेयरमा महिलालाई अगाडी सारेपनि उपमेयरमा भने पूर्व अध्यक्ष, क्षेत्रीय सदस्य एकेन्द्र रावललाई बनाएको छ।त्यस्तै माओवादी केन्द्रले समेत वडा अध्यक्षबाट राजिनामा दिएका रिम कटुवाललाई रघुगंगाको उपाध्यक्ष बनाएर महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

राप्रपा र माओवादी केन्द्रले मेयर र उपाध्यक्षमा अगाडी सारेका उम्मेदवारलाई तालमेलको सम्भावनाले समेत हेर्ने गरिएको छ । आइतबार र सोमबार मनोनयन दर्ता गरेपछि फिर्ता अवधीसम्म सम्मानजक तालमेलका लागि माओवादीले समेत प्रयास गरेको छ भने राप्रपाले समेत आफ्नै चुनावी चिन्हमा निर्वाचनमा सहभागी हुन पाए तालमेलमा सकारात्मक छ ।

स्थानीयतहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पद अनिवार्य भनेपछि गठबन्धनमा सहभागी हुदाँ दुबै पुरुष हुने भएकाले पनि उपाध्यक्ष र उपमेयरमा पार्टीको हेबी वेटका नेताहरूलाई प्राथमिकता दिनु पदको मोह भएको महिला अधिकारकर्मीको भनाई छ ।

Leave a Reply