अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाभर नेकपा एमालेसँग चुनावी तालमेल गरी लाभ लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दी यसपटक एक्लै चुनावी मैदानमा छ । आइतबार र सोमबार भएको मनोनयन दर्तामा बेनी नगरपालिका र धवलागिरी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दर्ता गरेको राप्रपाले यसपटक सहकार्यको प्रस्तावलाई आफ्नो सर्त मानेमात्रै स्वीकार गर्ने निर्णय गरेको छ ।

बेनी नगरपालिकामो सजिलोका लागि एउटै चुनाव चिन्हमा सहभागी भएर तालमेलको प्रस्तावलाई राप्रपाले अस्वीकार गरेको हो ।औपचारिक तथा अनौपचारिक रुपमा बेनी नगरको उपप्रमुख,वडा सदस्य पदहरूमा सहकार्यको प्रस्ताव आएको अवस्थामा राप्रपाको ‘हलो’ मा भोट हाल्न पाए मात्रै सहकार्य गर्ने निर्णय गरेको राप्रपा म्याग्दीका पूर्व अध्यक्ष एकेन्द्र रावलले बताउनुभयो ।

‘तालमेल गरेर जाँदाखेरि हलो चिन्ह छोड्न सकिएन,‘चिन्ह नै गायब हुदाँ मतदाता निराश हुन्छन्’ रावलले भन्नुभयो । नेपाली कांग्रेस, नेकपा एमाले जस्तै आफ्नो चुनाव चिन्ह पनि पुरानो भएकाले अर्काको चिन्हमा तालमेलको प्रस्तावलाई पार्टीले नै अस्वीकार गरेको बताउनुभयो ।

रााप्रपाको केन्द्रिय निति अनुसार ‘हलो’ बाहेकको चिन्हमा उम्मेदवारी दिने उम्मेदवारलाई पार्टीले कारवाही गर्ने सर्कुलरलाई नै कार्यान्वयन गरिएको नेताहरूको भनाई छ । राप्रपाले बेनपाको उपमेयर सहितका अन्य पदमा सहकार्यको प्रस्ताव नै हलो चिन्हका कारण अड्किएको जनाएको छ ।

पार्टीको सम्पत्ती भनेकै चुनाव चिन्ह भएकाले सोही चिन्हबाट निर्वाचित जनप्रतिनिधिले मात्रै पार्टीको हितमा काम गर्ने भएकाले चुनाव चिह्न हेर्न प्राविधिक रूपमा असजिलो हुने नाममा सहकार्य गर्न नसकिने जनाएको छ । मनोनय दर्ता स्थलमै राप्रपाका प्रतिनिधिले आफ्नो चिन्ह बाहेक एउटा पनि पदमा सहकार्य नगर्ने अडान लिएका थिए ।

राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुर थापाले यसपटकको स्थानीय तहमासामान्य मतदातालाई बुझाउन गाह्रो पर्ने भएकाले अप्ठेरो नहोस् भन्दैमा नजाने निर्णयलाई कार्यान्वयन गरिएको बताउनुभयो । राप्रपाले चुनावी अभियानकै क्रममा संगठन विस्तार सहितका अभियानलाई समेत जोड्ने छ ।

राप्रपाले बेनी नगरपालिका मेयरमा मिनाकुमारी शर्मा सापकोटा, धवलागिरी गाउँपालिका अध्यक्षमा होमबहादुर थापा, बेनपा उपमेयरमा एकेन्द्र रावल, बेनपा–१ अध्यक्षमा नगेन्द्रबहादुर बोगटी, वडा नं २ कृष्णबहादुर बोगटी, बेनपा–४ मा वडा सदस्यमा विज्ञान हमाल, वडा नं ५ मा श्यामप्रसाद श्रेष्ठ, वडा नं ७ अध्यक्ष तोपबहादुर खत्री, वडा नं ८ झलप्रसाद गौचनले मनोनयन दर्ता गरेको छ ।

Leave a Reply