---Advertisement---

यूवाहरूलाई भलिबल सिकाउँदै तेजेन्द्र बानियाँ

On: April 26, 2022 7:34 PM
Follow Us:

बागलुङको काठेखोला गाउँपालिका वडा नं ३ धम्जामा एक महिने भलिबल प्रशिक्षण दिएपछि खेलाडीले नै भब्य समारोहका बिच प्रशिक्षक तेजेन्द्र बानियाँलाई विदाई गरे । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षणमा ब्यस्त रहेका बानियाँले एक महिनामा धेरै सिकाए ।

राष्ट्रिय खेल भलिबल खेलमा आर्कषित यूवाहरूलाई भलिवल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने उद्देश्यका साथ आयोजित प्रशिक्षले खेलाडीलाई ब्यवसायीक भलिबल र निरन्तर आफ्नै तरिकाले अभ्यास गर्न सहज भएपछि विदाईमा आफ्नो अनुभव समेत सुनाए ।

सोही गाउँपालिकाको वडा नं ७ श नुन्थलामा समेत प्रशिक्षण दिएका बानियाँको शैलीलाई रुचाएर धमाधम अन्य वडाबाट समेत प्रशिक्षणको अफर गर्ने गरेका छन्। उनले स्थानीय तहको निर्वाचनपछि चारवटा स्थानबाट अफर आएपनि समय तालिका ब्यवस्थापन गरी सहभागी हुने बताए ।

‘प्रशिक्षणले मलाई पनि सिकाएको छ,‘ खेल भनेको सिक्ने र सिकाउने नै हो’ बानियाँले भने । म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित भलिबल क्षेत्रमा जिल्लामै सबैभन्दा धेरै उपाधी जित्ने काउलेगौडा यूवा क्लवका संस्थापक अध्यक्ष समेत रहेका बानियाँले एक बर्षमा ६ स्थानमा पुगेर करिब डेढ सयभन्दा बढी खेलाडीलाई प्रशिक्षण दिएका छन् ।

प्रशिक्षक बानियाँले शारीरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु,फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ्क, स्पाइकर, ग्रीप, जस्ता अभ्यासले खेलाडीलाई सहज भएको छ । आफ्नै तरिकाले भलिबल खेल्ने खेलाडीलाई प्रशिक्षक बानियाँले खेलको मापदण्ड, शैली मात्रै सिकाएनन, ब्यवसायीक खेलाडीलाई आवश्यक पर्ने सीपले खेलाडीमा हौसला मिलेको बानियाँको भनाई छ ।

सन् २०१९ मा भारतको बैंगलोरबाट भलिबल प्रशिक्षक कोर्समा उत्कृष्ट नतिजासँगै जिल्ला फर्किएका बानियाँले म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की सहित देशभरका २० स्थानमा पुगेर प्रशिक्षण दिएका छन् । यो अवधिमा उनले नेपाली सेनाको श्रीबक्स गुल्म, विरदल गढ रौतहट, श्री मेहर गढ बागलुङमा कार्यरत नेपाली सेनालाई समेत भलिबल प्रशिक्षण दिएका थिए ।