एकिकृत समाजवादीका बेनी नगरपालिका मेयरका उम्मेदवार कृष्णकुमार विश्वकर्माले सम्भव भएका कामलाई समेटेर घोषणपत्र जारी गर्नुभएको छ । झुटा आश्वासनको भारी नभई सम्भव र एकै कार्यकालमा गर्न सकिने कामहरूलाई प्राथमिकता दिने विश्वकर्माको भनाई छ ।
पार्टीका जिल्ला अध्यक्ष समेत रहनुभएका विश्वकर्माले अति विपन्न परिचय पत्र वितरण गरी खानेपानी, स्वास्थ्य, शिक्षा र सिपमुलक तालिममा सतप्रतिशत सहुलियत दिने, यूवाहरुलाई सुलभ कर्जा वितरण,आम्दानी र उत्पादनमा यूवाको हात भन्ने नारा सहित उत्पादनमुखी क्षेत्रमा यूवालाई प्रोत्साहन गर्ने, मजदुर सहायता कोष स्थापना गरी आवश्यकता अनुसार सहयोग गर्ने विश्वकर्माले बताउनुभयो ।
‘असम्भव धेरैको घोषणा पत्रमा हुन्छ,‘मैले घोषणापत्रमा सम्भव कुरा मात्रै राखेको छु’ विश्वकर्माले भन्नुभयो । बेनी नगरपालिकाका कार्यपालिका सदस्य भएर काम गरेको अनुभवलाई समेत अव मेयर पदमा पुगेर काम गर्ने बताउनुभयो । मेयरका उम्मेदवार विश्वकर्माले राज्यको नियन्त्रणमा रहने गरी यौन अपराध नियन्त्रण गर्न ’रेडलाईट एरिया तोक्नुपर्ने तर्क समेत राख्नुभएको छ । निकै विवादित र आलोचना भएको रेडलाईट एरियाका बारेमा पछिल्लो समय दलका नेताहरु समेत खुलेर बोल्न सक्दैनन् ।
कस्तो नगर?
अमुर्त र असंभव ठुलो कुरा हैन,मेरो प्रस्ताव:
”१० वडाको ऐतिहासिक वेनीनाम,विपन्नलाई रोजिरोटी युवालाई काम”
प्रथामिकताका आधारमा कार्यक्रम वनाउने:,
१,अतिविपन्न परिचय पत्र वितरण गरी:-खानेपानी,स्वास्थ,शिक्षा र सिपमुलक तालिम मा १००% सहुलियत दिने।
२,”थाकेको वयोवृद्व वावु-आमाको काँध,आम्दानी र उत्पादनमा युवाको हात”।
समुह दर्ता गरी कृषीगर्ने उपयुक्त प्रस्तावना सहित आए,मल,विउविजन,कृषीविमा साथै निश्चित अवधिको लागी युवाहरुलाई सुलभ लोनको प्रवन्ध मिलाउने।कृषी उपजको नगरले जिम्मा लिने।
३,सवै वडामा सुविधासम्पन्न वहुउद्देश्यीय खेल मैदान वनाउने।सडक १२ महिनै चल्ने वनाउने।युवा सचेतना कार्यक्रमलाई प्राथमिकता दिने।
४,मजदुर सहायता कोष,फरकक्षमता मैत्री नगर।
५,दलित हकहितको सुनिश्चित नगर,प्रत्येक वस्तिमा १ उद्यम कार्यक्रम।
६,सवै वडाको समुदाय स्तरमा कम्तिमा वर्षायामलाई लक्षित गरी निश्चित संख्यामा स्वयमसेवक नियुक्ति गरी जनताको विपद्जन्य समस्यालाई तत्काल उद्दार गर्ने।
७,प्रत्येक वर्ष टाल्ने हैन,कालोपत्रे फाल्ने र हाम्रै स्थानिय खनिजको उत्पादनको उपयोग गर्दै सवै सडकमा ढुंगा विछ्याउने।
८,वजार वरपर वाल उद्यान र जेष्ठ चौपारी निर्माण गर्ने।महिनाको १ पटक स्वास्थ घुम्ति सेवा संचालन गर्ने।
९,पर्यटक वेनिमा अडाउनलाई:-
क,तातोपानी कुण्डको महिमालाई व्यापक वनाउदै
अत्याधुनिक वाटर थेरापिको रुपमा विकास गर्ने।
ख,वर्षैनि मुक्तिनाथ जाने धार्मिक पर्यटक हरुलाई
पुलाश्रम पुराउन व्यापक प्रचारप्रसार गर्ने,
निजी लगानिमा ईच्छुक निकाय लाई केवुलकार
निर्माण गर्न लिजमा दिने।
ग,राज्यको नियमनमा व्यवसायिक रेडलाईट एरिया
वनाउने।
घ,कालि-म्याग्दी खोलामा र्याफ्टिङको व्यवसायिक
प्रवर्दन गर्ने
ङ,गलेश्वर-पछै-पुलाश्रम-तातोपानी-स्वर्गाश्रम
धार्मिक पर्यटन पदमार्ग वनाउने।
१०,नगरभित्र प्राविधिक शिक्षालय संचालन गर्ने।

Leave a Reply