---Advertisement---

दुःख पर्दा राप्रपाको काख सम्झिए : थापा

On: April 27, 2022 11:15 PM
Follow Us:

राष्ट्रियताको पक्षमा दृढ भएर उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक जीवनमा दुःख कष्ट पर्दा साथ दिएको होमबहादुर थापाले बताउनुभएको छ । राप्रपाले एमसीसीको विरोध गदैं राष्ट्रियताको पक्षमा उभिएर गरेको गतिविधिले समेत आर्कषित गरेको बताउँदै थापाले अबको यात्रा चुनौतीपूर्ण भएपनि सन्तुष्टी मिल्ने बताउनुभयो ।

नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्ष पद परित्याग गरी राप्रपाबाट स्थानीय तहको निर्वाचनमा धवलागिरी गाउँपालिकाका अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका थापालाई बुधबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै ४४ बर्षसम्म गाली गरेको पार्टीले दुःख पर्दा साथ दिएको बताउनुभयो ।

‘मैले राजनीति बुझेदेखि राप्रपालाई गाली बर्साउँथे,‘अहिले आएर राप्रपाले मलाई तालीले स्वागत गर्यो’ थापाले भन्नुभयो ।राजनीतिमा संघर्ष, त्याग र बलिदानका धेरै बर्ष विताएपनि अवसरमा सधै पहुँचवालाहरूको हस्तक्षेप हुन थालेको थापाको भनाई छ ।‘राप्रपाले अहिलेको एजेण्डाबाट हटे,यहाँ पनि बस्दिँन,‘मैले पार्टीलाई आफ्ना क्षेत्रमा सकेसम्म पहिलो बनाउन प्रयास गर्छु’ थापाले भन्नुभयो ।

कम्यूनिष्ट पार्टीमा आवद्ध भएपछि ४४ बर्ष राप्रपाका गतिविधि बिरुद्धको योद्धा भएपनि अब भने सहयात्री भएर अगाडी बढ्ने र स्थानीय तहको निर्वाचनमा बलियो मत सहित पार्टीलाई स्थापित गर्ने थापाको भनाई थियो। अझैपनि दैनिक १८ घण्टासम्म काम गर्न सक्ने अवस्थामा रहेकाले पार्टीको अभियानमा दिनरात खटिने थापाको प्रतिबद्धता थियो । एमालेले गण्डकी प्रदेश कमिटीले मनोनयन दर्तामा आपत्ती जनाएका थापाले पार्टी छोडेर राजाबादी पार्टीमा जानुभएको थियो ।

बुधबार पार्टी कार्यालयमा पूर्वमन्त्री भिमप्रसाद गौचनले पूराना दलमा राप्रपा समेत भएको बताउँदै देशका बिरुद्ध सम्झौता, सन्धी गर्ने कार्यमा लागेका पार्टी छोडेर राप्रपामा आउन अनुरोध गर्नुभएको थियो । ‘हामीले यूवापुस्तालाई पार्टी सुम्पिन तयार छौ,‘कम्यूनिष्ट नेताहरूको रोजाईमा समेत राप्रपा पर्न थालेको छ’ केन्दिय सदस्य थापाले भन्नुभयो ।

स्थानीय तहको निर्वाचनमा पालिकामा राम्रो अफ,र आएपनि पार्टीले आफ्नै चुनाव चिन्हमा राखेको अडानलाई कायम गदैं एकल प्रतिस्पर्धामा जुटेको बताउनुभयो । सोही अवसरमा राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुर थापा सहित अन्य नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । राप्रपाले जिल्लामा राजनीतिक गतिविधिलाई थप चहलपहल बनाउन निकट भविस्यमा केन्द्रिय अध्यक्ष सहितको टोलीलाई ल्याउने तयारी गरेको छ ।