जटिल रोगले ग्रसित भएका म्याग्दीको धवलागिरी गाउँपालिका-५,मल्कवाङका रनबहादुर छन्त्याललाई उपचारमा आर्थिक अभाव भएको छ । मल्कवाङस्थित मलम्पार स्थायी ठेगना भएका ३० बर्षिय युवा छन्त्यालमा मुटु, कलेजो, मृगौला र हाइड्रोशिलमा समस्या देखिएपछि परिवारले उहाँको उपचार गराउदै आउनुभएको छे ।

म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षणका लागि आउनुभएका रनबहादुरको अवस्था जटिल देखिएपछि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले थप उपचारका लागि काठमाण्डौ लैजानुपर्ने बताउनुभएको थियो ।

पोखरास्थित गण्डकी अस्पतालमा विगत ६ महिना अगाडी देखि उपचार गरेपनि मुटु, बाथ जस्ता जटिल रोग देखिएपछि आवश्यक प्रक्रिया पुरा गरी काठमाण्डौ लैजानुपर्ने भएको परिवारले जनाएको छ ।

काठमाण्डौका शिक्षण अस्पताल मनमोहन कार्डियोथोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा उपचार गराउन यातायात खर्च ओमकुमारी शान्ति कोषले उपलब्ध गराउने छ भने अन्य खर्चहरु आवश्यकता परेको र अस्पतालभित्रको सल्यक्रिया निशुल्क हुने जनाइएको छ। ३० बर्षिय छन्त्यालको दुई सन्तान छन् ।

कमाउने र रमाउने परिवारको पालनपोषण जिम्मेवारीलाई कलिलै उमेरमा रनबहादुर छन्त्यालकी श्रीमतीलाई श्रीमानको उपचारको आर्थिक जुटाउन र दुई साना छोराको पालनपोषण र शिक्षादिक्षामा समस्या देखिएको छ । स्वदेश तथा विदेशमा रहेका म्याग्देली लगायत नेपाली दाजुभाईलाई आर्थिक सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Reply