म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका–१ गुर्जामा नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रका उम्मेद्धार वडाध्यक्ष सहित सबै सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा माओवादी केन्द्रबाट अध्यक्ष झकबहादुर छन्त्याल, सदस्यहरूमा दलित महिला सदस्य सकमायाँ विक, महिला सदस्य सिताकुमारी छन्त्याल, खुल्ला सदस्यतर्फ केआईसिङ छन्त्याल र गुनराम छन्त्याल रहेका छन् । गठबन्धनबाट केआइसिङ र गुनराम नेपाली कांग्रेस र वडा अध्यक्ष सहित तीन सदस्य माओवादी केन्द्रका हुन् ।

गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले तालमेलमा एउटै चुनाव चिन्हमा निर्वाचन गर्ने सहमति भएको थियो । म्याग्दीमा गूर्जा पहिलो निर्विरोध वडा भएको छ । वडा अध्यक्ष छन्त्यालले अधुरा काम पुरा गर्ने बताउँदै गठबन्धनलाई पालिकाभरी बहुमत ल्याउने गरी काम गर्न सहज भएको बताए ।

नाम-फिर्ता-लिने-उम्मेदवारको-जिल्लागत-विवरण

Leave a Reply