बेनी नगरपालिकाका स्वतन्त्र उम्मेदवार धनबहादुर श्रीषले गाउँमा प्रत्येक घरधुरीमा रोजगारको ग्यारेन्टी गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । हरेक गाउँलेलाई आर्थिक रुपमा आत्मनिर्भर हुने गरी मासिक न्यूनतम १५ हजार कमाई हुने गरी नगरपालिका मार्फत ब्यवस्थापन मिलाउने बताउनुभयो ।

बेनी नगरपालिका–३,भकिम्लीबाट स्वतन्त्रमा उम्मेदवारी दिनुभएका श्रीषले नगरबासीलाई निशुल्क स्वास्थ्य सेवा दिने समेत बताउनुभएको छ । घोषणपत्रमा नगरबासीलाई निजी तथा सरकारी अस्पतालमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले उपलब्ध गराउने बताउँदै शिक्षा निशुल्क तथा अन्य क्षेत्रमा समेत नगरपालिकाबाटै खर्च हुने गरी समुदायलाई सहज बनाउने बताउनुभयो ।

‘भ्रष्टचारीलाई जेल हाल्छु,‘नगरबासीलाई सुविधै सुविधा दिन्छु’ श्रीषले भन्नुभयो । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार श्रीषले मनोनयन दर्ता गरेपछि चुनावी अभियानमा सक्रिय श्रीषले कम खर्चमै चुनाव जित्ने दावी समेत गर्नुभएको छ। म्याग्दीका नमुना बाख्रापालक कृषक श्रीषले राज्यका निकायबाट कृषकलाई गरिने अपमान, अनुदानमा हुने भेदभाव तथा कृषि तथा पशुपालन सहित सम्रग नगरपालिका भित्रका समस्या समाधानमा समेत विषेश ध्यान दिने बताउनुभयो ।

‘प्रतिबद्धतामा आकाशका तारा ल्याउने छैन्,‘नगरपालिकाबाटै गर्न सकिने मात्रै राखेको छु’ श्रीषले भन्नुभयो । उहाँले मेयर भएको पहिलो, दोस्रो र तेस्रो बर्षसम्म पुरा गर्न नसकेमा चौथो बर्षमा राजिनामा समेत समेत बताउनुभयो । राष्ट्रिय बाख्रापालक महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका श्रीषले बाख्रापालक कृषकहरुलाई आफ्नो उम्मेदवारीमा विषेश सहयोग गर्न अनुरोध गर्नुभयो ।

यस्तो छ प्रतिबद्धता

Leave a Reply