बेनी नगरपालिका-२,आम्बोटका सम्राट सापकोटाले चुनाव चिह्न पुतली पाउनुभएको छ । वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका सापकोटालाई निर्वाचन आयोगले शनिवार चुनाव चिह्न दिएको हो।

मनोनयन दर्तापछि चुनाव चिन्ह बाहेक एजेण्डा लिएर घरदैलोमा पुग्नुभएका सापकोटाले चुनाव चिन्ह पाएपछि सजिलो भएको बताउनुभयो । ‘पुतलीको सुन्दरताजस्तै वडालाई पनि चम्किलो बनाउँछु, यो मेरो मतदातालाई प्रतिबद्धता हो’ सापकोटाले भन्नुभयो ।

वडाभित्र ठुला दलको गतिविधिबाट जनता आजित भएको भन्दै स्वतन्त्रबाटै उम्मेदवारी दिएर विजय प्राप्त गर्ने लक्ष्य सहित उम्मेदवारी दिएको सापकोटाको भनाई छ । स्थानीय तहको नाममा अनियमितता, जनताको आवश्यकता भन्दा पहुँच, तलबी कर्मचारी मानसिकताका जनप्रतिनिधिबाट आजित भएर नमुना काम गर्ने गरी उम्मेवारी दिएको बताउनुभयो ।

सापकोटा अर्जून उच्च मावि भकुण्डेबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो । मनोनयन दर्तापछि घरदैलो अभियानको क्रममा प्राप्त सुझाव, सल्लाहका आधारमा अगाडी बढेको सापकोटाको भनाई छ ।

Leave a Reply