जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० केजी सुनाखरीसहित बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट पक्राउ गरेको हो ।

शङ्कास्पदरूपमा फेलापरेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

बागलुङबाट काठमाडौँ लैजाँदै गरेको उक्त सुनाखरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी गरेको सूचना अधिकारी रानाले बताए । बहुमूल्य जडीबुटी ओसारपसार हुन लागेको सूचनाका आधारमा प्रहरीले विशेष टोली खटाएर केसीलाई पक्राउ गरेको हो ।

Leave a Reply