म्याग्दीको बेनी नगरपालिका–२ पर्यटकीयस्थल लभ्लीहिलमा एभरग्रीन युथ क्लब र कालरात्री ब्याण्डले सरसफाई र बृक्षारोपण गरेको छ । सदरमुकाम बेनीमा स्थापना भई खेलकुद, मनोरञ्जन तथा सामाजिक गतिविधिमा सक्रिय रहेको क्लवले लभ्लीहिलमा घुम्न गएकाहरुले जथाभावी गरेको फोहोर संकलन गरेका थिए ।

क्लवका पदाधिकारी, सदस्यले सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तब्यको रुपका विकसित भइरहेको लभ्लीहलमा फोहोर फाल्दा कुरुप भएपछि जोखिम मोलेर भीर आसपासमा अड्किएका फोहोर सङ्कलन गरेका थिए ।

यातायातको साधन, पैदलयात्रा गरी बेनीबजारको शीरमा अवस्थित लभ्लीहिलमा जानेले गरेको फोहोर संकलनसँगै नजिकै रहेको उद्यानमा समेत बृक्षारोपण गरिएको क्लबका सल्लाहकार सन्दिप श्रेष्ठले बताए ।  बगैँचा संरक्षण तथा संवर्द्धनमा सदैव सहकार्य हुने पनि जानकारी दिए

विभिन्न स्थानबाट जंगल, पदमार्ग हुदै घुम्न जानेले गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च आसपासका क्षेत्रमा पलाष्ट्रिकजन्य फोहोर, मदिराका बोत्तल यत्रतत्र फाल्नेको देखिएपछि सरसफाई गरिएको क्लवले जनाएको छ । एभरग्रीन युथ क्लबले यसअगाडी समेत सदरमुकाम बेनी आसपासका क्षेत्रमा विभिन्न कार्यहरु गरेको थियो । क्लवले भविस्यमा पनि निरन्तर सामाजिक कार्य गर्ने जनाएको छ ।

Leave a Reply