वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा मतदान अधिकृत सहित कर्मचारी परिचालन गरिएको छ । बिहिबार साँझ जिल्लाका सबै ६ वटै स्थानीय तहमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित कर्मचारीको विवरण सार्वजनिक गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ७४ मतदान केन्द्रमा मतदान स्थल १ सय १४ रहेको छ । जसमा १ सय १४ मतदान अधिकृत, १ सय १४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी, १ सय १४ सहयोगी कर्मचारी गरी ५६१ जना कर्मचारी खटिएका छन् ।

मतदानस्थलको सुरक्षा सहित म्यादी प्रहरी र मतदान अधिकृतले प्रत्येक केन्द्रमा ३ जना स्वयंमसेवक समेत नियुक्ती गर्ने जनाइएको छ । खटिएका निर्वाचन अधिकृत सहितका कर्मचारीलाई तालिमपछि बैशाख २७ गतेसाँझसम्म मतदानस्थलमा पुग्ने कार्यतालिका समेत बनाइएको छ ।

जिल्लाभर १५ मतदान केन्द्र अति अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति म्याग्दीले जिल्लाका ६ वटै स्थानीय तहका १५ मतदानस्थलका २९ मतदान केन्द्र ‘अति संवेदनशील’ मा राखेकाले आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने छ । सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील बाहेक संवेदनशील ४९ र सामान्य १० मतदान केन्द्र छन् ।

निर्वाचनमा खटिने कर्मचारी विवरण वेभसाइट 2079-01-22

 

Leave a Reply